9 years ago
March 5, 2016
काठमाडौं, फागुन २२
१२औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्णधारी निमा घर्तीमगरसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक जित्ने मगर खेलाडीहरु शनिबार सम्मानित भएको छ ।
मगर समाज सेवा समितिले शनिबार ललितपुरको टिकाथलीमा एक कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने मगर खेलाडीलाई सम्मानित गरेको हो । सम्मानित हुनेमा १२औं दक्षिण एसियाली खेलकुद(साग)की स्वर्णधारी निमासहित आठौं सागमा स्वर्ण पदक जितेका बक्सिङ खेलाडी प्रकाश थापामगर र रामचन्द्र थापा मगरसँगैं १२ औं सागमा रजत पदक जितेका उसु खेलाडी विजय सिंजाली मगर, युवराज थापामगर र विश्व बुढामगर पनि सम्मानित भए ।
निमालाई सात हजार रुपैयाँ तथा विजय, युवराज र विश्वलाई दुई हजार पाँच सय रुपैयाँ प्रदान गरियो । सभामुख ओनसरी घर्तीले उनीहरुलाई सम्मान प्रदान गरिन् । सम्मन कार्यक्रममा नेपाल उसु संघका अध्यक्ष दिपक सरकार, कार्यक्रम संयोजक नेत्र बहादुर पुलामीमगर लगायतको उपस्थिति थियो ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्याशित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्। नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर विदेश जाने तयारी गरिरहेको विप्लभले बताए। ‘हवीका रुपमा मैले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।