default_image

9 years ago

February 28, 2016

सागका स्वर्णधारी सुनिलले युएसए ओपनमा प्रतिस्पर्धा गर्ने

143 views

0 Bookmark

काठमाडौं, फागनु १६
मित्र राष्ट्र युएसएको न्यूयोर्क शहरमा आयोजना हुने न्यूयोर्क अन्तर्राष्ट्रिय खुला कराँते च्याम्पियनसिपमा सहभागी हुन सागका स्वर्णधारी सुनिल लामा त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । लामा सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

sunil karate

उनलाई आज एक समारोहका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशव कुमार बिष्टले शुभकामनासहित विदाई गरे । प्रतियोगिता मार्च ५ र ६ तारिखमा आयोजना हुनेछ । स्वर्णधारी लामाले उक्त प्रतियोगितामा सहभागिता जनाउनुका साथै मार्च २३ देखि २७ तारिख सम्म आयोजना हुने युएस ओपन कराँतेमा समेत प्रतिस्पर्धा गर्ने बताए ।
प्रतियोगितापछि लामाले गोशिनरियो मार्सल आर्ट एन्ड फिटनेश स्टुडियो, न्यूयोर्कमा मार्च १ देखि डिसेम्बर ३१ तारिख सम्म कराँते प्रशिक्षण तथा उक्त समयमा आयोजना हुने प्रतियोगिताहरुमा समेत सहभागिता जनाउने जानकारी गराए ।

April 27, 2025

एरिकासहित १२ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]

April 27, 2025

वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो- नेपाललाई २ स्वर्णसहित ११ पदक

काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

Success

Thank you for your time.