9 years ago
February 27, 2016
काठमाडौं, फागुन १५ नेपाल गोजुरियो कराते डो संघ शाखा डोजो स्वयम्भुले दुई कराते खेलाडीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा ११औ साग खेलकुदका स्वर्ण पदकधारी तथा अमेरिकामा भएको फिका ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको ७५ किलो तौल समुहमा कास्य विजेता सुनिल लामा र स्वीडेनमा भएको स्कटहोम ओपन कराते प्रतियोगिताको ६० किलो तौल समुहका रजत पदक विजेता फूर्वा सिंह तामाङ रहेका छन् ।
उनीहरुलाई प्रमुख अतिथी राज्यमन्त्री मञ्जु कुमारी चौधरी र नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले ५० हजार रुपैया सहित पुरस्कृत गरे । आयोजक सस्थाका उपाध्यक्ष सन्तोष राईको संयोजकत्वमा कार्यक्रम भएको थियो ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]