7 years ago
June 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कुराश संघको आयोजनामा कोचेज सर्टिफिकेसन कोर्स बिहिबार सुरु भएको छ । नयाँबजारस्थित बहुउद्देश्यि मार्सल आर्टस् केन्द्रमा विभिन्न जिल्लाका १२ प्रशिक्षकको सहभागितामा कोर्स ६ दिन सम्म चल्ने संघले जनाएको छ ।
दुई महिना भन्दा केहि समय पछि सुरु हुने १८ औं एसियाली खेलकुदमा समेत नेपालले भाग लिन लागेको कुराशको कोचेज कोर्स भने पहिलो पटक आयोजना भएको हो । अन्तर्राष्ट्रिय कुराश महासंघका सनियर प्रशिक्षक मोस्तफा डालिरियनले प्रशिक्षण दिइरहेको संघले जनाएको छ ।
१८ औं एसियाडमा भाग लिने तयारीमा रहेका भगवती माझी (५२ केजी) र उपेन्द्र थापा (६६ केजी) लाई पनि प्रशिक्षक डालिरियनले विशेष प्रशिक्षण दिने संघले बताएको छ । संघको केहि साता अघि मात्र निर्वाचन भएको थियो ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]