7 years ago
April 21, 2018
ललितपुर (हाम्रोखेलकुद)- शनिबारबाट शुरु भएको आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको पहिलो दिन भारतले चार स्वर्णपदक जित्न सफल भएको छ । ललितपुर लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम प्रशिक्षण केन्द्रमा शनिबारबाट शुरु भएको च्याम्पियनसिपमा भारतले ४ स्वर्ण जित्दै अग्रता लिएको हो ।
च्याम्पयनसिपमा पाकिस्तानले २ स्वर्ण नेपालले १ स्वर्ण जित्न सफल भएको छ । नेपाललाई रविन श्रेष्ठले पहिलो दिनमा स्वर्ण दिलाएका हुन् । उनले १ सय केजी मुनि स्वर्ण जित्न सफल भएका हुन् । उनले फाइनलमा बंगलादेशका मोहम्मद अब्दुल कलाम आजादलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । त्यसअघि रविनले नेपालकै सुर्यमान लामा र श्रीलंकाका बन्दुला बजालालाई पराजित गरेका थिए ।
स्वर्ण पदककी आशा गरिएकी ओलम्पियन तथा सन् २०१६ को दक्षिण एसियाली खेलमा स्वर्णभारी फुपुल्हामु खत्री रजतमै रोकिइन्। ६३ केजी तौल मुनि प्रतिस्पर्धा गरेकी फपु भारतकी सुनिबाला देवी हुइड्रोमसँगग पराजित भईन् । फुपु फाइनलमा ग्राउण्ड टेक्निक ओसाईकोमीको आधारमा पराजित भईन् । भातमा भएको सागमा फुपुले उनैलाई पराजित गर्दै स्वर्ण जितेकी थिईन् । रजतमै सीमित बनेपछि फुपुले सुनिबालासँग टेक्निकमा चुक्दा हार बेहोर्न परेको बताईन् । ‘खेल प्रतिस्पर्धात्मक नै बनेको थियो । आफ्नो बलियो पक्ष प्रयोग गर्दा गर्दै आफैले ग्राउण्ड टेक्निक खान पुगे ।’ फपुले भनिन्, ‘हामीले १२ औं सागमा पनि फाइनलमा प्रतिस्पर्धा गरेका थियौ । उसको सबै खेल बारे थाहा थियो । तर, उनले फाइनलमा अर्कै टेक्निक लगाएर खेल्न हार बेहार्न पुगे । अब अर्काे खेलमा उनैलाई पछार्ने योजना छ ।’
शनिबारै भएको महिला ५७ केजीमुनि तौल समूहको स्पर्धामा भारतकी अनिता एन्गोन चानुले नेपालकी लिला अधिकारीलाई पराजित गर्दै स्वर्ण हात पारिन् । यो स्पर्धामा आशा गरिएका मनिता श्रेष्ठ प्रधान भने रजतैमै सीमित बनिन् । यस्तै, ५२ केजी मुनि महिलातर्फको स्पर्धामा भारतकी कल्पना देवीले स्वर्ण जितिन् । उनले पाकिस्तानकी मार्यामलाई पराजित गरेकी थिइन् । शाह हुसेन शाहले श्रीलंकाका रन्थनायकेलाई पराजित गर्दै पुरुष १०० केजी माथिको स्पर्धामा स्वर्ण जिते। पाकिस्तानलाई दोस्रो स्वर्ण पुरुष ९० केजी मुनिको तौल समूहबाट कुइसर खानले दिलाए । उनले फाइनलमा नेपालका श्रीराम मकाजुलाई पराजित गरेका थिए । भारतलाई अर्को स्वर्ण महिला ४८ केजी मुनिको तौलसमूहमा सुशिला देवी लिकमाबमले दिलाइन् । उनले पाकिस्तानकी हुमारिया आशिकलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।
च्याम्पियनसिपको दोस्रो दिन आइतबार ७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका २ तथा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानका १–१ गरि ७ समूहको सहभागिता रहको छ । तीनदिने प्रतियोगितामा नेपालबाट १८ महिला र १८ पुरुष खेलाडीको सहभागिता छ । महिलातर्फ ७ र पुरुषतर्फ ७ तौल समूहमा प्रतिस्पर्धा हुदैछ। नेपालबाहेक प्रतियोगितामा भारतबाट १४, पाकिस्तानबाट १७, श्रीलंकाबाट १४, बंगलादेशबाट १६ र भुटानबाट ५ खेलाडीले सहभागिता जनाउँदै छन्। प्रतियोगितामा एकलतर्फ ७–७ स्वर्ण र टिम इभेन्टतर्फ १–१ स्वर्णका लागि प्रतिस्पर्धा हुँदै छ ।
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ बिहीवार के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो भएकी उनीसँगै गएकी अफिसियल सविना श्रेष्ठले जानकारी दिइन् । एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन्। त्यसअघि पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, […]
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ के वान युथ लिग खेल्ने भएकी छिन्। एरिकासहितको टोली लिगका लागि मंगलवार दुबई प्रस्थान गरेको छ । एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै बिदाइ गरे । प्रशिक्षकमा अमिर राना तथा अफिसियलमा सविना […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]