7 years ago
March 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भारतमा हुने एसियाली कुराँस महासंघको विशेष साधारण सभामा भाग लिन नेपाल कुराँस संघको ३ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।
कुराँस संघ तदर्थ समितिका संयोजक ध्रुबराज न्यौपाने, सदस्य प्रतिक्षा खरेल र काठमाडौं जिल्ला कुराँस संघका अध्यक्ष जय गुरुङ (बायाँ)।
भारतको पुनेमा शुक्रबार हुने साधारण सभामा भाग लिन कुराँस संघ तदर्थ समितिका संयोजक ध्रुबराज न्यौपाने, सदस्य प्रतिक्षा खरेल र काठमाडौं जिल्ला कुराँस संघका अध्यक्ष जय गुरुङ त्यसतर्फ गएका हुन् । एसियाली कुराँसको निमन्त्रणामा नेपाली टोली त्यसतर्फ जान लागेको सदस्य खरेलले जानकारी दिइन् ।
विशेष साधारण सभापछि महासंघका अध्यक्ष र महासचिवसँग नेपाली टोलीको भेट हुने कार्यक्रम तय भएको बताइएको छ । संघका पूर्वअध्यक्ष दानबहादुर घिसिङमाथि छानबिन चलिरहेकोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) गत महिना संघ पूर्नगठन गरेको थियो । राखेपले तदर्थसमितिलाई तीन महिना भित्र निर्वाचन गर्न निर्देशन दिएको छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]