default_image

9 years ago

January 13, 2016

जुडो टोली भोपाल प्रस्थान

141 views

0 Bookmark

काठमाडौं, पुस २९ गते ।
थप तयारीका लागि १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली जुडो टोली बुधबार भारतको भोपाल प्रस्थान गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव लामा टेन्डी शेर्पाले १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोलीलाई सातदोबाटोमा बिदाइ गरे ।

judo toli

१४ खेलाडी मध्ये १२ खेलाडी सागका लागि छनोट भएका खेलाडी हुन् । पुरुषको ६० केजीमा इन्द्रबहादुर श्रेष्ठ, ६६ केजीमा रमेश मगर, ७३ केजीमा संजित डंगोल, ८१ केजीमा पवनकुमार श्रेष्ठ, ९० केजीमा सञ्जय महर्जन र १०० केजीमुनि शिवबहादुर बराम रहेका छन् ।
महिलाको ४८ केजीमुनि सरिता चौधरी, ५२ केजीमुनि लीला अधिकारी, ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान, ६३ केजीमुनि फुपु ल्हामु खत्री, ७० केजीमुनि गंगा चौधरी तथा ७८ केजीमुनि पुनम श्रेष्ठ छन् ।

सागका लागि छनोट नभएपनि पुरुषको १०० केजीमाथिमा राजन जोशी र महिलाको ७८ केजीमाथि आकृति जोशी पनि टिमसंगै प्रशिक्षणका लागि जाने छन् । प्रशिक्षकमा दलबहादुर गुरुङ र इन्द्र डंगोल तथा व्यवस्थापकमा देबु थापा र गंगा खड्का रहेका छन् । व्यस्थापक देबु र खेलाडी फुपुल्हामु भने पहिले प्रशिक्षणका लागि जनवारी १७ तारिखमा हंगेरीको बुढापेस्ट जाने छन् । सागअन्तर्गत जुडो भारतको सिलोङमा फेब्रुअरी १४ देखि १६ तारिखसम्म चल्ने छ ।

April 27, 2025

एरिकासहित १२ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]

April 27, 2025

वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो- नेपाललाई २ स्वर्णसहित ११ पदक

काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

Success

Thank you for your time.