default_image

9 years ago

December 21, 2015

सागका लागि उसु खेलाडी छनोट

170 views

0 Bookmark

काठमाडौं, पुस ६ गते ।

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने उसु खेलाडीको छनोट सोमबार पूरा भएको छ । नेपाल उसु संघद्वारा आयोजित राष्ट्रव्यापी खुला छनोट उसु प्रतियोगताबाट सान्सौंतर्फ ६ पुरुष र ३ महिला गरी ९ खेलाडी छनोट भए । थाउलोतर्फ समान ४–४ पुरुष/महिला गरी ८ खेलाडी छानिएका छन् । प्रत्येक स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएका हुन् ।

wushu saff

सान्सौं र थाउलो दुवैमा मिलाएर नेपाल आर्मी क्लबबाट सर्वाधिक ८ खेलाडी छनोट भएका छन् । आर्मीका प्रशिक्षकमा राजिव महर्जन हुन् ।
सान्सौंको पुरुष ५२ केजीमा १० औं सागका स्वर्ण विजेता भक्तपुरका राजकुमार रसाइली, ५६ केजीमा कैलालीका राजेश चौधरी, ६० केजीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका मंगलप्रसाद थारु, ६५ केजीमा बााकेका सरोज पुन, ७० केजीमा आर्मीका चित्रसिंह ठकुरी तथा ७५ केजीमा काठमाडौंका धनवीर महर्जन छनोट भए ।

सान्सौंकै महिला ५२ केजीमा कास्कीकी झरणा गुरुङ, ६० केजीमा नेपाल प्रहरीकी जुनी राई र ७० केजीमा आर्मीकी विन्दु पुन मगर छानिए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा भएको प्रतियोगिताको थाउलोतर्फ पुरुष नान छ्वान/नान कुन सुमा एपीएफका युवराज थापा तथा महिला नान छ्वान/नान ताउ सुमा आर्मीकी निमा घर्ती मगर पहिलो भए । थाइची छ्वान/थाइची चियन सुको पुरुषमा आर्मीका हरिप्रसाद गोले र महिलामा आर्मीकी सविता राईले सागमा सहभागिता पक्का गरे ।

त्यस्तै पुरुष कुन सु/ताउ सुमा आर्मीका विश्व बुढा मगर तथा महिला चेन सु/छियन सुमा आर्मीकी ओशिन राई छानिएका छन् । छान छ्वानको पुरुषमा आर्मीका विजय थापा सिन्जाली र महिलामा एपीएफकी सुष्मिता तामाङ पहिलो दिन नै छनोट भइसकेका छन् ।
तीनदिने प्रतियोगितामा १ सय १५ खेलाडीले प्रतिस्पर्धा गरेको उसु संघले जनाएको । प्रतियोगतामा प्रहरीले पहिलोपटक उसुमा प्रतिस्पर्धा गरेको प्रहरीका प्रशिक्षक श्याम लामाले जनाएका छन् ।

१० औं संस्करणदेखि उसु सागमा पहिलोपटक समावेश गराइएको थियो । त्यसबेला उसुले २ स्वर्ण जितेका थियो । ११ औंमा पनि उसुले नेपाललाई २ स्वर्ण दिलाइसकेको छ ।

April 27, 2025

एरिकासहित १२ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]

April 27, 2025

वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो- नेपाललाई २ स्वर्णसहित ११ पदक

काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

Success

Thank you for your time.