9 years ago
December 20, 2015
दिलिप स्मृती ब्वाइज युनियन क्लबकी रेजिना ठकुरीले सातौं कोरियन एमबसडर कप तेक्वान्दो प्रतियोगिताको महिला जुनियरको ४९ केजीमा आइतबार स्वर्ण पदक जितेकी छिन्।
सोही स्पर्धामा कैलालीकी गिता बिष्टले रजत तथा चित
वनकी सुस्मीता थापा मगर र युनाइटेड तेक्वान्दो डोजाङ्गकी चाादनी बिश्वामित्रले कास्य पदक जिते।
पुरुष जुनियरको ३३ केजीमा युनाइटेडका पुजन खड्का पहिलो भए । आयुष पाण्डे दोस्रो तथा जेससका अस्मित राउत र युनाइटेडका अनुप तामाङ्ग तेस्रो भए । सिनीयर ५८ किलोमा केन्द्रिय डोजाङ्गका सकुमार बस्नेतले स्वर्ण जिते । एपीएफका चन्द्र राना मगरले रजत तथा धादीङ्गका प्रदिप गीरी र आर्मीका राम पोखरेलले काश्य पदक जिते ।
प्रतियोगितामा ५० जिल्ला र विभागीय गरी १५०० खेलाडीले ३२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल तेक्वान्दो संघको तत्वाबधानमा ललीतपुर जिल्ला तेक्वान्दो संघ र काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा संयुक्त आयोजित प्रतियोगिता मंगलबारसम्म हुने छ ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]