default_image

10 years ago

August 21, 2015

तेक्वान्दो खेलाडीको दक्षिण कोरिया प्रस्थान

171 views

0 Bookmark

काठमाडौं, भदौ ४ गते |

मित्र राष्ट्र दक्षिण कोरियाको मोजु शहरमा आयोजना हुने दोश्रो डब्लुटिएफ विश्व क्याडेट तेक्वान्दो च्याम्पियनपसमा सहभागी हुन जाने तीन सदस्यिय नेपाल तेक्वान्दोको खेलाडीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रमकै अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले बिदाई गरे ।

Tekwando

१२–१४ बर्ष उमेर समूहमा सहभागि हुन जाने खेलाडीहरुमा ३३ केजीमा राज बस्नेत र ४१ केजीमा निशान प्रसाद भुषालले प्रतिस्पर्धा गर्ने हेमन्त डाँगीले जानकारी गराएका छन् ।

त्यस्तै टिम प्रशिक्षकमा आठौं सागका स्वर्ण पदकधारी एवं तेक्वान्दो संघका सदस्य कोशिस बहादुर खड्का रहेका छन् । प्रतियोगिता भाद्र ६ देखि ९ गते सम्म संचालन हुनेछ । टोली आजै त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेकोछ ।

March 23, 2025

एरिकाको उपनाम ‘हिमालयन वारियर’

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]

March 19, 2025

कराते महासंघको‌ नेतृत्वसँग असन्तुष्टि जनाउँदै विप्लभले लिए सन्न्यास

काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्याशित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्। नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर  विदेश जाने तयारी गरिरहेको विप्लभले बताए। ‘हवीका रुपमा मैले […]

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

Success

Thank you for your time.