10 years ago
August 20, 2015
काठमाडौं, भदौ ३ गते ।
छैटौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली वादोरियो कराते टोली बिहीबार भारतको गुजरात प्रस्थान गरेको छ ।
अगष्ट २२ र २३ तारिखमा हुने प्रतियोगिताको पुरुष ४५–५० केजीमा पुरुषोत्तम पोखरेल, ५५–६० केजीमा मोहन तामाङ, ६०–६५ केजीमा मनोज राजवंशी, ५०–५५ केजीमा निरज गौतम, ६५–७० केजी लक्ष्मण तामाङ तथा खुला तौलसमूहमा सुदीप थारुले प्रतिस्पर्धा गर्नेछन् । पुरुषको एकल कातामा मनोज लामाले प्रदर्शन गर्नेछन् ।
वादोरियो कराते टोली भारत प्रस्थान गुर्नअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामूहिक तस्वीर खिचाउदै ।
महिलाको ५०–५५ केजीमा रोएकता सिंह, ४५–५० केजीमा अन्जु मगर तथा ४०–४५ केजीमा याङ डोल्मा शेर्पाले भाग लिने छन् ।
टोली नेतामा नेपाल कराते महासंघका महासचिव, दक्षिण एसियाली वादोरियो कराते महासंघका अध्यक्ष एवं वादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसी रहेका छन् ।
टोलीलाई नेपाल वादोरियो कराते डो संघका पदाधिकारी, खेलाडीका अभिभावकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थालमा बिदाइ गरे । अघिल्लो संस्करणमा नेपालले ९ स्वर्ण, ६ रजत र २ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि चुमेको थियो ।
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्याशित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्। नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर विदेश जाने तयारी गरिरहेको विप्लभले बताए। ‘हवीका रुपमा मैले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]