default_image

8 years ago

August 17, 2017

इन्टाले बाढी पीडितलाई सहयोग गर्ने, अध्यक्षमा ओलम्पियन लामाको निरन्तरता

108 views

0 Bookmark

 काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएन (इन्टा) मा ओलम्पियन विधान लामाले निरन्तरता पाएका छन् । अमेरिकाको पोटल्यान्डमा बिहीबार सम्पन्न इन्टाको तेस्रो साधारण सभाले लामालाई अध्यक्ष पुनः निरन्तरता दिएको हो ।

१७ सदस्यीय इन्टाको कार्यसमितिमा प्रथम उपाध्यक्षमा सविता राजभण्डारी, उपाध्यक्षमा सपना मल्ल, अच्युत बास्कोटा, कमल खत्री चयन भएका छन् । त्यस्तै महासचिवमा नारायण गुरुङले निरन्तरता पाएका छन् । निर्मल श्रेष्ठ सह सचिव र किशोर श्रेष्ठ कोषाध्यक्ष चयन भएका छन् । साधारण सभामा विशेष अतिथिका रुपमा सहभागी कीर्तिमानी पदक विजेता ओलम्प्यिन दीपक विष्टका अनुसार रणुका मगर, बन्दना श्रेष्ठ, रितु जिमी राई, निञ्जन श्रेष्ठ, पासाङ लामा, पदमा गुरुङ, निमा राई, पुष्प थापामगर र कल्पना क्षेत्री इन्टाको सदस्य रहेका छन् ।

इन्टाका अधिकांश पदाधिकारी र सदस्यले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । इन्टाको बिहीबार नै बसेको कार्यसमितिको पहिलो बैठक नेपालमा गएको बाढी, पहिरो पीडितका लागि २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले इन्टाको सहयोगमा सुरु भएको एभरेष्ट तेक्वान्दो च्याम्पियनसिपलाई वल्र्ड तेक्वान्दो फेडेरेसन (डब्लूटिएफ) ले आधिकारिक प्रतियोगिताको रुपमा स्वीकार गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएको छ । त्यस्तै इन्टाले नेपाल तेक्वान्दो संघसँग समन्वय गरि आर्थिक, भौतिक पूर्वाधार निर्माण, तेक्वान्दो खेल र खेलाडीको विकासका लागि सम्पूर्ण हिसाबले सहयोग गर्ने प्रतिबद्धता पनि बैठकले गरेको छ । बैठकले विशेष अतिथिका रुपमा सहभागी भएकोमा ओलम्पियन विष्टलाई धन्यवाद दिएको थियो ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.