9 years ago
November 22, 2015
काठमाडौं, मंसिर ६ गते ।
११ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) मा नेपालसहित विभिन्न २३ राष्ट्रका ५ सय भन्दा बढी खेलाडीले सहभागिता जनाउने भएका छन् । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी दिइयो ।
युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युएनएनटीएफ) को सहयोग तथा आईओएफटीसीको आयोजनामा प्रतियोगिता सन् २०१६ को अक्टोबर १४ र १५ तारिखमा अमेरिकाको पोर्टल्यानडस्थित ओरेगनमा हुने आईओएफटीसीकी महासचिव करेन ब्ल्याकलेजले जानकारी गराइन् ।
प्रतियोगितामा सिनियर÷जुनियरको पुरुष÷महिलातर्फ गेरोगी र पुम्सेमा गरी ५० स्वर्णका लागि प्रतिस्पर्धा हुने आईओएफटीसीका प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जानकारी दिए ।
विभिन्न राष्ट्रको कला र संकृति आदान–प्रदान, पर्यटन प्रवद्र्धन तथा खेलाडीलाई एक्सपोजर दिने उद्देश्यले सन् २००० देखि नेपालबाट आईओएफटीसीको सुरुआत भएको थियो । आईओएफटीसी नेपालमा ३, अमेरिकामा ४ तथा हङकङ, भारत र इङल्यान्डमा १–१ पटक भइसकेको छ ।
आईओएफटीसीका लागि नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको टुंगो लागिसकेको छ । शनिबार लगनखेलमा भएको प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ८० केजीमुनि रोजिन सिंह, ७८ केजीमुनि प्रेमबहादुर नेपाली तथा ५८ केजीमुनि माधव तिमिल्सिना छनोट भएका छन् । त्यस्तै महिलाको ४९ केजीमा पार्वती पाण्डे र ५७ केजीमा रञ्जना थापा छनोट भएका छन् ।
प्रतियोगिताकै दौरान युयुएनटीएफको साधारणसभा पनि हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । मिसिगनमा मुख्यालय रहेको युयुएनटीएफको त्यस साधारणसभाले २ वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गर्नेछ । हाल युयुएनटीएफको अध्यक्षमा राजकुमार राई तथा महासचिवमा लव गोर्खाली रहेका छन् । युयुएनटीएफको विभिन्न ९ राष्ट्रमा शाखा विस्तार भइसकेको छ ।
पत्रकार सम्मेलनमै गत बैशाखको विनाशकारी भूकम्पबाट प्रभावितका साथै अन्यलाई सहयोग गर्ने उद्देश्यले आईओएफटीसीअन्तर्गत नेप्लिज रिबिल्ड अभियानअन्तर्गत ५० हजार अमेरिकी डलर संकलन गरेको जानकारी समेत दिइएको थियो ।
सो रकम मध्ये गोटीखेलका ३ विद्यालयलाई ३५ हजार, सिन्धुपाल्चोकको पिस्करकस्थित स्वास्थ्य चौकीलाई १ लाख ५० हजार, आर्थिक रुपमा क्यान्सरको उपचार गर्न असमर्थलाई सहयोग गर्दै आइरहेको हरिसिद्धिस्थित एक संस्थालाई १ लाख तथा अमेरिकामा मुख्यालय रहेको मर्सिकोर्प संस्था मार्फत नेपालमा रहेको सो संस्थाको शाखालाई ७ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिएको बताइएको छ । बाँकी रकम बराबरको सहयोग क्रमैसंग हस्तान्तरण गरिने आईओएफटीसीले जनाएको छ ।
सो अवसरमा गोटीखेल तेक्वान्दो डोजाङले महासचिव करेन र प्रतियोगिता निर्देशक महर्जनलाई सम्मान गरिएको थियो ।
त्यसै अवसरमा आईओएफटीसीले प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको आयोजक समिति तथा मैत्री तेक्वान्दो डोजाङलाई सहयोग स्वरुप ‘रिङ मास्टर’ प्रदान गरेको थियो ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]