10 years ago
August 19, 2015
चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ८ सदस्यीय नेपाली टोली बुधबार मलेसिया प्रस्थान गरेको छ ।
उक्त च्याम्पियनसिप मलेसियाको सारावाकस्थित कुचिङमा अगष्ट २२ देखि २३ तारिखसम्म सञ्चालन हुने छ । त्यसमा समान २–२ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषको ६३ केजीमुनि सुबोध खड्का र ६३ केजीमाथि विकास विडारीले प्रतिस्पर्धा गर्नेछन । महिलाको ४९ केजीमुनि अस्मिता खड्का र ४६ केजीमुनि काजल श्रेष्ठले चुनौती प्रस्तुत गर्ने छन् । अस्मिता र सुबोधले एकल पुम्सेका साथै पेयर पुम्सेमा पनि भाग लिने बताइएको छ ।
प्रशिक्षकमा कुमार लामा घिसिङ र सरोज बाास्तोला, व्यवस्थापकमा नन्दा बस्याल तथा निर्णायकमा नोर्बु लामा रहेका छन् ।
सो अवसरमा तेक्वान्दोका १० पटकका पूर्व राष्ट्रिय च्याम्पियनपियन एवं विश्वविद्यालय खेलकुद संघ नेपालका सदस्य महेन्द्र तामाङ (शंकर) ले नेपाली टोलीलाई टिसर्ट प्रायोजन गरेका थिए । तामाङले कूल १५ हजार मूल्य बराबरको टिसर्ट प्रायोजन गरेको बताइएको छ ।
टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेल र तेक्वान्दो प्रमुख प्रशिक्षक ध्रुव गुरुङले एक कार्यक्रमबीच बिदाइ गरे ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]