10 years ago
August 18, 2015
भारतको गुजरातमा हुने छैटौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली वादोरियो कराते टोलीलाई मंगलबार बिदाइ गरियो । टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा हस्तान्तरण गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिदाइ गरे ।
अगष्ट २२ र २३ तारिखमा हुने प्रतियोगिताको पुरुष ४५–५० केजीमा पुरुषोत्तम पोखरेल, ५५–६० केजीमा मोहन तामाङ, ६०–६५ केजीमा मनोज राजवंशी, ५०–५५ केजीमा निरज गौतम, ६५–७० केजी लक्ष्मण तामाङ तथा खुला तौलसमूहमा सुदीप थारुले प्रतिस्पर्धा गर्नेछन् । पुरुषको एकल कातामा मनोज लामाले प्रदर्शन गर्नेछन् ।
महिलाको ५०–५५ केजीमा रोएकता सिंह, ४५–५० केजीमा अन्जु मगर तथा ४०–४५ केजीमा याङ डोल्मा शेर्पाले भाग लिने छन् ।
नेपाली टोलीको नेतृत्व नेपाल कराते महासंघका महासचिव, दक्षिण एसियाली वादोरियो कराते महासंघका अध्यक्ष एवं वादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसीले गर्नेछन् । निर्णायकमा कृष्णबहादुर कुावर र अमरजंग शाह रहेका छन् ।
टोली बिहीबार गुजरात जाादैछ । अघिल्लो संस्करणमा नेपाल ९ स्वर्ण, ६ रजत र २ कांस्यसहित टिम च्याम्पियन बनेको थियो ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]