8 years ago
May 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तेह्रौं राष्ट्रपति कप अन्तर्राष्ट्रिय कुराँस च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित २ सदस्यीय नेपाली टोली बिहीबार उज्वेकिस्तानको टर्मिज प्रस्थान गर्दैछ ।
मे २६ देखि २९ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ७३ केजीमा दीपक छन्त्यालले प्रतिस्पर्धा गर्नेछन् । छन्त्यालसँगै नेपाल कुराँस संघका अध्यक्ष दानबहादुर घिसिङ पनि त्यसतर्फ जानेछन् । च्याम्पियनसिपको ७३ केजी तौलसमूहको विजेताले २५ हजार, उपविजेताले १० हजार तथा तेश्रो हुनेले ७–७ हजार अमेरिकी डलर पुरस्कार पाउने बताइएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको ११ महिनाको अवधिमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको तेश्रो पटक हो । यसअघि दक्षिण कोरियामा भएको विश्व मार्सल आर्ट मास्टरसिप तथा भियतनाममा भएको एसियाली बिच गेम्समा कुराँसले सहभागिता जनाएको थियो ।
दक्षिण कोरियाको च्याम्पियनसिपमा सनमान गोलेले कांस्य पनि जितेका थिए । टोलीलाई राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा र कुराँस संघका महासचिव ध्रुवराज न्यौपानेले बिदाइ गरे ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]