default_image

8 years ago

March 30, 2017

मुवाँथाईका पदक विजेता खेलाडी सम्मानित

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल मुवाँथाई संघले विश्व च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडीलाई बिहीबार सम्मान गरेको छ । संघले बिहिबार एक कार्यक्रम गर्दै थाइल्यान्डमा भएको विश्व च्याम्पियनसिपमा पदक जित सफल चार खेलाडीलाई सम्मान गरेको हो ।

mouwadai

पदक विजेता खेलाडीहरु सञ्जय राई, अनिशा खड्का, दीपक तामाङ र करुणा रुप्रेतीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्ट र संघका अध्यक्ष गणेश कक्षपतिले सम्मानित गरे ।

संघले स्वर्ण विजेता राईलाई २० हजार रुपैयाँ सहित सम्मान गरे । यस्तै प्रशिक्षक निलम अधिकारीलाई पनि सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । विश्व च्याम्पियनसिपमा सञ्जय राईले ४८ केजी तौल समूहमा स्पेनका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेको थियो । स्पेनका खेलाडीसँग राईले तीनै फाइट खेलेको थियो ।

यस्तै अनिशा खड्काले ६७ केजी तौल समूहमा रजत तथा दीपक तामाङले ५७ केजी तौल समूह र करुणा रुप्रेतीले ५४ केजी तौल समूहमा कास्य जितेका थिए । ४० भन्दा बढी देशले सहभागिता जनाएको प्रतियोगिता मार्च ११ बाट १८ तारिखसम्म थाइल्याण्डको बैंककमा भएको थियो । च्याम्पियनसिपका नेपालका ६ खेलाडीले सहभागिता जनाएका थिए ।

February 3, 2025

बुटवलमा प्रदेशस्तरीय सितोरियो करातेको दीक्षान्त

सुमन अधिकारी,बुटवल नेपाल सितेरियो कराते संघ, केन्द्रीय कमिटीको आयोजनामा सोमवार बुटवलमा ३ दिवशीय लुम्बिनी प्रदेशस्तरिय सितोरियो कराते दीक्षान्त समारोह सुभारम्भ गरिएको छ । आइतवारबाट सुरु गरिएको दीक्षान्त कार्यक्रमको उद्घाटन सोमवार गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका ६ जिल्लाका करिव २ सय ५० कराते खेलाडीको सहभागिता थियो । दीक्षान्त कार्यक्रमलाई दुई चरणमा गर्ने योजनासहित पहिलो चरणमा […]

January 31, 2025

४ किक बक्सिङ खेलाडी भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद ) – भारतको नयाँ दिल्लीमा हुने चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रवार त्यसतर्फ प्रस्थान गरेको छ । माघ १९ देखि २३ गते सम्म हुने प्रतियोगिताको ६७ केजीमुनि सुनिम श्रेष्ठ, ५४ केजीमुनि आशिक कोली तथा ५१ केजीमुनि चिरन राई र भक्तराज जोशीले […]

January 27, 2025

कृष्ण प्रसाद भट्टराई स्मृति कराते अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजना अर्को महिना चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ। प्रतियोगितालाई गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे। प्रतियोगिता सातदोबाटो स्थित नेपाल कराते एकेडेमी […]

Success

Thank you for your time.