9 years ago
September 30, 2015
केन्बुकान फेडेरेसन जर्मनले भूकम्प पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । जेकेएफ गोजुकाइ/केन्बुकाइ कराते संघ नेपालको पहलमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
जर्मन संघका अध्यक्ष स्टानको कुमरले असोज ११ गते ओखरपौवा माध्यमिक विद्यालय, नुवाकोटलाई ५ सय युरो, बौद्धमा आश्रय लिइरहेको सिन्धुपाल्चोकका पीडितलाई ५ सय युरो र लम्जुङ डोजोलाई ४ सय युरो, असोज १२ गते सिन्धुपाल्चोक डोजो मार्फत पीडित बालवालिकालाई १ सय थान स्कुल व्याग, असोज १३ गते केन्द्रीय डोजो मर्मत सम्भारका लागि ३ हजार ५ ५ सय युरो, नयाा बजार डोजोलाई ४ सय युरो, अनामनगर डोजोलाई ४ सय युरो, सिन्धुपाल्चोक डोजोलाई २ सय युरो, भूकम्पबाट आफन्त गुएमाएका संघसंग सम्बद्ध ७ खेलाडीलाई १ सयका दरले ७ सय युरो तथा श्री शिव प्राथमिक विद्यालय, पर्वतलाई ५ सय यरो हस्तान्तरण गरिएको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो ।
शिव विद्यालयलाई विकास गुरुङले छुट्टै ३ सय युरो प्रदान गरेको बताइएको छ ।
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]
January 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंका शुभमजंग कुमार र चितवनका सोनाम महतोले दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका छन् । टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका–५ को कार्यालयमा शुक्रवार सुरु भएको तेक्वान्दो लिगमा शुभम जंगले पुरुष र सोनामले महिला फाइटमा स्वर्ण पदक जितेका हुन् । शुभमले ४६ देखि ५० केजी तौलसमूहको फाइनलमा काठमाडौंका करण डोलीलाई […]
January 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाइड एन्ड सिक किन्डर गार्टेनले ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता उसुका आङबाबु लामालाई सम्मान गरेको छ । वनस्थलीको ढुंगेधारास्थित किन्डर गार्टेनले शुक्रवार आफ्नो १२औं वार्षिकोत्सवका अवसरमा सागका स्वर्णविजेता उसुका पूर्वखेलाडी तथा प्रशिक्षक लामालाई सम्मान गरेको हो । किन्डर गार्टेनकी निर्देशक इन्दिरा गौतम र संस्थापक प्रिन्सिपल कुमुद भट्टले सागका […]