2 weeks ago
April 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले थाइल्याण्डको बैंककमा आयोजना हुने एसियाली जुडो च्याम्पियनसिपमा भाग लिने भएका छन् ।
६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको बैंकक प्रस्थान गर्नेछ। बैशाख १२ देखि १५ गतेसम्म हुने प्रतियोगितामा समान ३ महिला/पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि विपिन तामाङले प्रतिस्पर्धा गर्ने छन् । घरेलु प्रतियोगितामा विकास नेपाल पुलिस क्लब, विशेष एपिएफ र विपिन त्रिभुवन आर्मी क्लबबाट खेल्छन् ।
महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७० केजीमुनि रञ्जना खड्का सहभागी हुने छन् । दवकी बन्दी सहायता नियोग (पाम), मनिता पुलिस र रञ्जना एपिएफकी हुन् । ओलम्पिक समेत खेलिसकेकी मनिता पनि पामकै उत्पादन हुन् ।
टोलीको अफिसियलमा नेपाल जुडो संघका महासचिव प्रकाशचन्द्र पाण्डे, प्रशिक्षकमा मोहन सुनुवार र सुनिता मगर तथा व्यवस्थापकमा तुलबहादुर थापा मगर रहेका छन् । आईटीका रुपमा सुप्रसिद्ध ताम्राकार पनि टोलीसंगै थाइल्यान्ड गएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आज टोलीलाई बिदाइ गरे । कार्यक्रममा मोबिजिल्लाले प्रायोजन गरेको ट्रयाक सुट, एयर पोड र डिस्काउन्ट भौचर पनि प्रदान गरिएको थियो ।
प्रतियोगिता दौरान हुने जुडो युनियन अफ एसियाको वार्षिक साधारण सभामा सहभागी हुन जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य सोमबारै थाइल्यान्ड प्रस्थान गरिसकेका छन् ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]