default_image

2 weeks ago

April 18, 2025

रविन्द्रले ब्रेभ कम्ब्याटमा चिनियाँ प्रतिद्वन्द्वीलाई हराए

1496 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले चीनका एकिएबुलाई पराजित गरेका छन् ।

चीनको झेंग्झुमा भएको फाइटमा रविन्द्रले एकपक्षीय प्रदर्शन गर्दै पहिलो राउन्डमै जित दर्ता गरे । बान्टमवेट श्रेणीमा रविन्द्रविरुद्ध घरेलु प्रतिद्वन्द्वी दुइ मिनेट पनि टिक्न सकेनन् । रविन्द्रले लगातार पन्चमार्फत विपक्षीमाथि आक्रमण गरेपछि रेफ्रीले नकआउटका लागि खेल रोकेका थिए । १ मिनेट ५५ सेकेन्डमै रविन्द्र विजयी भए ।

रविन्द्रले दुई वर्षअघि थाइल्याण्डको बैंककमा भएको वन फ्राइडे फाइट्स ३३ अन्तर्गत फ्लाईवेट डिभिजनमा रुसका तोरेप्च्ची डोंगाकलाई तेस्रो राउण्डमा टेक्निकल नकआउटमा हराएका थिए ।

रविन्द्रको नवौं व्यावसायिक भिडन्तमा यो आठौं जित हो । रविन्द्रले जितेका आठ मध्य ७ खेलमा रेफ्रीले खेल रोक्नुपरेको छ ।

May 4, 2025

अस्ट्रेलियामा अदिशले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतवार स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कूल ६.२३ अंक जोडे । दश दिनमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो । […]

April 27, 2025

एरिकासहित १२ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]

April 27, 2025

वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो- नेपाललाई २ स्वर्णसहित ११ पदक

काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]

Success

Thank you for your time.