2 weeks ago
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्ट अस्ट्रेलियामा आयोजना हुने तेक्वान्दोका दुईवटा कार्यक्रममा भाग लिन शुक्रवार त्यसतर्फ प्रस्थान गरेका छन् ।
ओलम्पियन विष्ट सोमवार आयोजना हुने न्यु साउथ वेल्स राज्य अन्तर्राष्ट्रिय ओपनमा अतिथिका रुपमा सहभागी हुनेछन्।
युथ ओलम्पियन राजन श्रेष्ठ, तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी आलोक राना र भिमसेन गौतमले स्थापना गरेको भिक्ट्री तेक्वान्दो एन्ड फिटनेस सेन्टरको बिहीवार उद्धाटनमा पनि विष्ट सहभागी हुनेछन्।
नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स का मालिक स्वतन्त्र प्रताप शाहको व्यवस्थापनमा आफू अस्ट्रेलिया जान लागेको विष्टले जानकारी दिए। विष्ट सुदूरपश्चिम रोयल्सको ब्रान्ड एम्बेसडर पनि हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी बोर्ड सदस्य कमल भट्टराई, राष्ट्रिय टिम तयारीका उप निर्देशक दिपक श्रेष्ठ र राखेपका भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्टले विष्टलाई बिदाइ गरे।
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा भाग लिने भएका छन्। सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीवार जापानको ओसाका प्रस्थान गर्ने बताइएको छ । बैशाख १२ देखि १४ गते (अप्रिल २५ देखि २७) सम्म हुने प्रतियोगितामा खेलाडीले ग्योरोगी र पुम्से स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । ३० […]
April 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले थाइल्याण्डको बैंककमा आयोजना हुने एसियाली जुडो च्याम्पियनसिपमा भाग लिने भएका छन् । ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको बैंकक प्रस्थान गर्नेछ। बैशाख १२ देखि १५ गतेसम्म हुने प्रतियोगितामा समान ३ महिला/पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० […]
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले चीनका एकिएबुलाई पराजित गरेका छन् । चीनको झेंग्झुमा भएको फाइटमा रविन्द्रले एकपक्षीय प्रदर्शन गर्दै पहिलो राउन्डमै जित दर्ता गरे । बान्टमवेट श्रेणीमा रविन्द्रविरुद्ध घरेलु प्रतिद्वन्द्वी दुइ मिनेट पनि टिक्न सकेनन् । रविन्द्रले लगातार पन्चमार्फत विपक्षीमाथि आक्रमण गरेपछि रेफ्रीले नकआउटका लागि खेल रोकेका थिए […]