default_image

2 weeks ago

April 11, 2025

क्षेत्री कुकिवन अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्ष

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका अन्तर्राष्ट्रिय मास्टर राजु क्षेत्री विश्व तेक्वान्दो मुख्यालय (कुकिवन) को अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्षमा मनोनित भएका छन् ।

तेक्वान्दोको अन्तर्राष्ट्रिफ रेफ्रीका रुपमा सक्रिय रहदैं आएका क्षेत्री त्यहांसम्म पुग्ने पहिलो नेपाली हुन् ।

विश्व तेक्वान्दो मुख्यालय कुकिवनका अध्यक्ष डा लि दोङ सुप, विश्व तेक्वान्दोका पूर्व महासचिव मानसिक च्वई र कुकिवनका प्राविधिक समितिका अध्यक्ष क्वान पार्कले क्षेत्रीलाई दक्षिण कोरियामा कुकिवनको अन्तर्राष्ट्रिय कमिटिको उपाध्यक्षमा सपथ ग्रहण गराएका थिए ।

क्षेत्रीले सन् २०२३ यता युएस ओपन च्याम्पियनसिपमा लगातार निर्णायकको भूमिका निभाउदै आएका छन् ।

दक्षिण कोरियामा भएको विश्व वरीयताको जी–वान प्रतियोगिता किमुन्योङ कप, जापानको ओसाकामा भएको जापान ओपन र कोरियामा २०२३ मा भएको सिओङनाम ओपन प्रतियोगितामा पनि उनले निर्णायकको भूमिका निभाएका थिए ।

क्षेत्रीका अनुसार सो समितिको उपाध्यक्षमा चुनिने उनी पहिलो विदेशी मास्टर हुन् । कुकिवन सन् १९७२ मा स्थापना भएयता तेक्वान्दो कोरियाको राष्ट्रिय खेल रहँदैं आएको छ । कुकिवनमा २ सय १३ राष्ट्र आवद्ध छन् । जसअन्तर्गत झन्डै १२ करोड ६२ हजार जना ब्ल्याक बेल्ट सदस्य रहेका छन् ।

२००८ मा भएको विश्व वरीयताको जी–टु कोरियन ओपन अन्तर्राष्ट्रिय प्रतियोगितामा क्षेत्रीले खेलाडीको रुपमा स्वर्ण पदक जितेका थिए । खेलकुद क्षेत्रमा पुर्याएको योगदानका कारण क्षेत्रीलाई २०१३ मा कोरिया सरकारले मानार्थ नागरिकता प्रदान गर्दै सम्मान गरेको थियो ।

April 18, 2025

रविन्द्रले ब्रेभ कम्ब्याटमा चिनियाँ प्रतिद्वन्द्वीलाई हराए

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले चीनका एकिएबुलाई पराजित गरेका छन् । चीनको झेंग्झुमा भएको फाइटमा रविन्द्रले एकपक्षीय प्रदर्शन गर्दै पहिलो राउन्डमै जित दर्ता गरे । बान्टमवेट श्रेणीमा रविन्द्रविरुद्ध घरेलु प्रतिद्वन्द्वी दुइ मिनेट पनि टिक्न सकेनन् । रविन्द्रले लगातार पन्चमार्फत विपक्षीमाथि आक्रमण गरेपछि रेफ्रीले नकआउटका लागि खेल रोकेका थिए […]

April 18, 2025

पाम नेकोस अन्तर्राष्ट्रिय जुडोमा लगातार च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि शुक्रवार जितेको छ । २२ स्पर्धा समावेश सातौं संस्करणमा पाम सर्वाधिक ११ स्वर्ण, ४ रजत र ४ कांस्य पदक जित्दै च्याम्पियन बन्यो हो । पहिलो दिन ७ स्वर्ण जितेको पामले दोश्रो दिन ४ स्वर्ण   थप्यो । नेपाल खेलकुद महासंघ (नेकोस) […]

April 16, 2025

अस्ट्रेलियन ओपन करातेका पदक विजेता खेलाडीलाई राखेपको बधाई

काठमाडौं (हाम्रो खेलकुद)- अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीहरुलाईं राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बधाई दिएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगितामा स्वर्ण पदक विजेता एरिका गुरुङसहितका खेलाडीहरुलाई बधाई दिएका हुन् । चैत २२ देखि २४ गते सम्म अस्ट्रेलियका सिड्नीमा भएको प्रतियोगितामा सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, पुष्पका लामा र वर्षा बुढा मगरले आ […]

Success

Thank you for your time.