6 days ago
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा भाग लिन नेपालबाट गएका सबै ५ खेलाडीले पदक जितेका छन्।
शनिवार करातेकी कीर्तिमानी खेलाडी एरिका गरुङले स्वर्ण र बाँकी सबै खेलाडीले कास्य पदक जितेको नेपाल कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिए ।
हिमालयन वारियर एरिकाले ६८ केजी माथि तौल समूहमा विजेता बनेकी हुन् । महिला ६१ केजी मुनीको तौल समूहमा सविना श्रेष्ठ, ५५ केजी मुनी पुष्पका लामा र ५० केजी मुनी बर्षा बुढा मगरले कास्य पदक जितेकी हुन् ।
पुरुषतर्फ सन्तोष श्रेष्ठले ६७ केजी मुनीको तौल समूहमा कास्य पदक जितेका हुन्। अष्ट्रेलियाबाट सहभागी नेपाली खेलाडीमध्ये पुरुषतर्फ विजय श्रेष्ठले रजत तथा दिवस श्रेष्ठ र सोनम लामाले कास्य पदक जिते ।
विजयले ६० केजी मुनी तौल समूहको फाइनल खेले ।
दिवसले ८४ केजी माथि र सोनमले ६० केजी मुनीको तौल समूहमा कास्य पदक जितेका हुन् ।
सन् २०२३ मा १९ औं एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन्। गत वर्ष एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन्।
एसियाली खेलकुदमा रजत पदक जित्ने उनी पहिलो नेपाली हुन् । राष्ट्रिय च्याम्पियन रहेकी एरिकाले एसियाली खेलकुद यता भाग लिएका सबै राष्ट्रिय तथा प्रतियोगितामा पदक जितेकी थिइन्।
अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पदक विजेता खेलाडी
१. एरिका गुरुङ – स्वर्ण पदक (+६८ के.जी.)
२. सन्तोष श्रेष्ठ – कांस्य पदक (–६७ के.जी.)
३. सविना श्रेष्ठ – कांस्य पदक (–६१ के.जी.)
४. पुष्पका लामा – कांस्य पदक (–५५ के.जी.)
५. वर्षा बुढा मगर – कांस्य पदक (–५० के.जी.)
अष्ट्रेलियाबाट सहभागी नेपाली खेलाडी
१. दिवस श्रेष्ठ – कांस्य पदक (+८४ के.जी.)
२. विजय श्रेष्ठ – रजत पदक (–६० के.जी.)
३. सोनम लामा – कांस्य पदक (–६० के.जी.)
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्ट अस्ट्रेलियामा आयोजना हुने तेक्वान्दोका दुईवटा कार्यक्रममा भाग लिन शुक्रवार त्यसतर्फ प्रस्थान गरेका छन् । ओलम्पियन विष्ट सोमवार आयोजना हुने न्यु साउथ वेल्स राज्य अन्तर्राष्ट्रिय ओपनमा अतिथिका रुपमा सहभागी हुनेछन्। युथ ओलम्पियन राजन श्रेष्ठ, तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी आलोक राना र भिमसेन गौतमले स्थापना गरेको भिक्ट्री तेक्वान्दो एन्ड […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका अन्तर्राष्ट्रिय मास्टर राजु क्षेत्री विश्व तेक्वान्दो मुख्यालय (कुकिवन) को अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्षमा मनोनित भएका छन् । तेक्वान्दोको अन्तर्राष्ट्रिफ रेफ्रीका रुपमा सक्रिय रहदैं आएका क्षेत्री त्यहांसम्म पुग्ने पहिलो नेपाली हुन् । विश्व तेक्वान्दो मुख्यालय कुकिवनका अध्यक्ष डा लि दोङ सुप, विश्व तेक्वान्दोका पूर्व महासचिव मानसिक च्वई र कुकिवनका प्राविधिक समितिका अध्यक्ष क्वान […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली करातेकी कीर्तिमानी खेलाडी एरिका गरुङले अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन्। हिमालयन वारियर एरिकाले शनिवार ६८ केजी माथि तौल समूहमा विजेता बनेकी नेपाल कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिए । सन् २०२३ मा १९ औं एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन्। गत वर्ष एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी […]