default_image

7 days ago

April 5, 2025

एरिकाले जितिन् अस्ट्रेलियन ओपनमा स्वर्ण

594 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली करातेकी कीर्तिमानी खेलाडी एरिका गरुङले अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन्

हिमालयन वारियर एरिकाले शनिवार ६८ केजी माथि तौल समूहमा विजेता बनेकी नेपाल कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिए ।

सन्‌ २०२३ मा‌ १९ औं एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन्। गत वर्ष एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन्।

एसियाली खेलकुदमा रजत पदक जित्ने उनी पहिलो नेपाली हुन् । राष्ट्रिय च्याम्पियन रहेकी एरिकाले एसियाली खेलकुद यता भाग लिएका सबै राष्ट्रिय तथा प्रतियोगितामा पदक जितेकी थिइन्।

आइतवारसम्म हुने प्रतियोगितामा ४ महिला र १ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गरिरहेका छन्।

महिला एरिकासहित ५० केजीमुनि वर्षा बुढा मगर, ५५ केजीमुनि पुष्पका लामा र ६१ केजीमुनि सविना श्रेष्ठले खेल्ने छन् । पुरुष ६७ केजीमुनि सन्तोष श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।

April 11, 2025

ओलम्पियन विष्ट अस्ट्रेलिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्ट अस्ट्रेलियामा आयोजना हुने तेक्वान्दोका दुईवटा कार्यक्रममा भाग लिन शुक्रवार त्यसतर्फ प्रस्थान गरेका छन् । ओलम्पियन विष्ट सोमवार आयोजना हुने न्यु साउथ वेल्स राज्य अन्तर्राष्ट्रिय ओपनमा अतिथिका रुपमा सहभागी हुनेछन्‌। युथ ओलम्पियन राजन श्रेष्ठ, तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी आलोक राना र भिमसेन गौतमले स्थापना गरेको भिक्ट्री तेक्वान्दो एन्ड […]

April 11, 2025

क्षेत्री कुकिवन अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका अन्तर्राष्ट्रिय मास्टर राजु क्षेत्री विश्व तेक्वान्दो मुख्यालय (कुकिवन) को अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्षमा मनोनित भएका छन् । तेक्वान्दोको अन्तर्राष्ट्रिफ रेफ्रीका रुपमा सक्रिय रहदैं आएका क्षेत्री त्यहांसम्म पुग्ने पहिलो नेपाली हुन् । विश्व तेक्वान्दो मुख्यालय कुकिवनका अध्यक्ष डा लि दोङ सुप, विश्व तेक्वान्दोका पूर्व महासचिव मानसिक च्वई र कुकिवनका प्राविधिक समितिका अध्यक्ष क्वान […]

April 5, 2025

अस्ट्रेलियन ओपन कराते – नेपाली सबैले पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा भाग लिन नेपालबाट गएका सबै ५ खेलाडीले पदक‌ जितेका छन्। शनिवार करातेकी कीर्तिमानी खेलाडी एरिका गरुङले स्वर्ण र बाँकी सबै खेलाडीले कास्य पदक जितेको नेपाल कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिए । हिमालयन वारियर एरिकाले ६८ केजी माथि तौल समूहमा विजेता बनेकी हुन् । महिला ६१ केजी […]

Success

Thank you for your time.