default_image

12 hours ago

March 19, 2025

कराते महासंघको‌ नेतृत्वसँग असन्तुष्टि जनाउँदै विप्लभले लिए सन्न्यास

299 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्याशित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्।

नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर  विदेश जाने तयारी गरिरहेको विप्लभले बताए।

‘हवीका रुपमा मैले कराते खेलेको हो । छोड्न मन त छैन। तर पटक पटक पदाधिकारीहरुको व्यवहारबाट चित्त दुखेर ।  मन नभए पनि कराते छोड्ने निष्कर्षमा पुगेको हुँ।’

१९ औं एसियाली खेलकुदपछि विस्तारै आफूलाई हेर्ने दृष्टिकोणमा फरक पाउँदै आएको महसुस गरेपछि सबै विषयलाई सामान्य रुपमा लिने कोसिस गरेको जनाउँदै २८ वर्षे विप्लभले भने, ‘तर पटक‌पटक अपमान दोहोरिएपछि मन मरेर आयो। त्यसैले अब सबै छाडेर जाने निश्चय गरें। ‘

राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक दीपक श्रेष्ठसँगको निकटताका कारण आफूमाथि नेतृत्वले पूर्वाग्रह राखेको हुन सक्ने अनुमान विप्लभले गरेका छन्।

‘राष्ट्रिय टोलीमा आइसकेपछि मलाई दीपक गुरुले प्रशिक्षण दिनुभयो। लगनखेल डोजोमा पनि जान्थे। त्यहि क्रममा हामी नजिक भयौं। वर्षौ उहाँसँग प्रशिक्षण गरेपछि त्यो स्वभाविक हो । अर्को एउटा घटनामा दीपक गुरुलाई नै कारवाही गरेपछि सायद म प्रति उहाँहरुको दृष्टिकोण फरक हुँद गएको हुन सक्ने लागेको छ।’

बिचमा आफू केहि समय अस्ट्रेलिया गएपनि फेरि करातेमा सक्रिय भएर दसौं राष्ट्रिय खेलकुद र सन् २०२६ को एसियाली खेलकुदसम्म खेल्छु भन्ने सोचका साथ आएको भएपनि त्यस्तो वातावरण नदेखिएपछि थप दुःखी हुनुपरेको अनुभव सुनाए।

‘ १९औं एसियाड सम्म सबै सामान्य थियो। एसियन गेम्समा ३ फाइट जितेको थिए। हरेक पटक अध्यक्ष लामा हौसला पनि बढाउनुभयो,’उनले अगाडि भने,’ जब म एनएसजेएफको पिपुल्स च्वाइस अर्वाड मनोनयनमा परे । महासंघले केहि गरेन । तिमी कसरी मनोनयन पर्यौ भन्नुभयो । पत्रकारसँग नजिक भएर होकी भनेर सोध्नुभयो । अध्यक्षको कुरा सुन्दा म अच्चममा पारे। यसमा पनि मन दुखाइन । जबकी मैले मनोनयनमा सार्वजनिक भएपछि थाहा पाएको थिए।’

दुई वर्षअघि सातौं दक्षिण एसियन कराते च्याम्पियनसिप छनोट नखेलेपछि त्यसकै आधारमा खेलाडी छनोट गरेर मिसन २०२६ मा समेटिएको लाई आफूले स्वभाविक लिएको र पछि आठौंमा छनोट खेलेर भुटानमा स्वर्ण पदक जितेर फर्केपछि पनि राष्ट्रिय टोली प्रशिक्षण समावेश नगरिएपछि पूर्वाग्रहको शंका लागेको विप्लभले बताए।

भुटानबाट स्वर्ण पदक जितेर फर्केपछि। मिसन २०२६ मा भएका मध्ये २ जना हटाइएको थियोे। आशा थियो त्यसमा म पर्छु भन्ने । तर म‌ परिन । मसँग हारेको खेलाडीलाई मिसन २०२६ मा राखियो ,उनले थपे, ‘जबकी भुटानमा स्वर्ण जित्नेलाई प्रशिक्षणमा राख्ने भनिएको थियो। ‘

भुटानमा मेडल पुरस्कार वितरणमा लामाले आफूलाई स्वर्ण पदक जितेपनि रामो नखेलेको भन्दा नमज्जा लागेको प्रसंग सुनाए । त्यतिबेला ज्वरो आउँदा पनि इन्डिभिजुयलमा स्वर्ण जितेको र टिम‌ फाइटको आफूले दोस्रो खेल हारेकोले लामाको प्रतिक्रियालाई सामान्य लिने प्रयास गरेको‌ बताए ।

‘इन्डोर एसियन गेम्स पनि आफूसँग हारेको खेलाडी राखियो । त्यो चित्त बुझेको थिएन । म त्यो अध्यक्ष ज्यूलाई भन्नेमा थिए , उनले भने, ‘ त्यहि बेला दीपक गुरुलाई लामाको फोन आएको मैले भुटानमा खेल्न नसकेको । त्यसैले मेरो ठाँउमा अर्कोलाई लग्ने भन्नुभयो । त्यसपछि मेरो मन मर्यो । ‘

बिचमा अस्ट्रेलिया जाँदा महासंघका महासचिव दावा गुरुङलाई खबर गरेर गएपछि त्यसमा पनि लामाले आपत्ति जनाएको उनको गुनासो थियो ।

‘ दोस्रो पटक मिसन २०२६ को प्रशिक्षण फेरि सुरु भयो । त्यसमा नि‌ परिन । सिंगापुरमा भएको एसिया प्यासिफिकमा पनि परिन। त्यसको लागि युवा तथा मन्त्रालय गए , तर केहि सुनुवाई भएन ,’ उनले भने, मेरो ले गल्ती थियो।‌ केहि थियो भने भन्नुपर्यो । ‘

सागका स्वर्ण पदक विजेता विनोद शाक्यको चेलाका रुपमा आफू‌ करातेमा आएको पनि उनले स्मरण गर्रे। प्रशिक्षक श्रेष्ठको‌ कारण आफूलाई महासंघले कटअफ गर्दै लगेको फिल गरको‌ उनले बताए ।

उनले सामाजिक सन्जालमा सक्रिय रहने गरेका अध्यक्ष लामाको स्ट्याटमा आफूले कमेन्टमार्फत आलोचना गरेको उल्लेख गर्दै विप्लभले भने,” मैले गरेको को राष्ट्रिय खेलकुद परिषदबाट पैसा लिने , खेलाडीबाट पैसा उठाउने अनि श्रीमतीलाई लिएर गएकोमा मैले आलोचना गरेको हुँ। उहाँले आफ्नो पैसामा लगेको हो भनेपनि मैले त त्यहाँ जानुपर्ने काम देखिन । मैले जे महसुस गरे त्यहि लेखे।’

अहिलेको नेतृत्व रहँदासम्म जिन्दगी बनाइदिन्छु भने अब आफू करातेमा नफर्कने विप्लभले प्रष्ट पारे । उनले भने,’ २०२६ सम्म खेल्छु भन्ने थियो । दुःख लागेको छ। केहि नपुग्दो छैन। जान मन थिएन, तर अब‌ बस्न मन छैन । मलाई कराते परिवारले बारम्बार सोध्दा दिने जवाफ छैन।’

उनले खेलाडीको‌ प्रतिनिधित्व गरेको आएको जनाउँदै भने, ‘खेल जीवनपछि कुनै प्लेटफर्म छैन । कटअफ गर्दै गएको छ। योङ भाईहरुले भन्न नसक्ने कति छ। मलाई समस्या छैन । महासंघले केहि गरेन। अब मलाई छोड्छुु नै भन्नेछ। अरुलाई पछि जोडिएलौला भनेर केहि भन्न नसकेको पनि हुन‌ सक्छ।’

खेलाडीलाई सहयोगी बन्नुपर्ने महासंघले दुःख दिने गरेको अनुभव पनि उनले सुनाए । ‘खेलाडीले एउटा चिठ्ठीमा‌ सहि गराउन दिनभरि पनि अफिसमा कुर्नु पर्नेछ। महासंघले विदेश खेल्न जाबे खेलाडीलाई‌ सहज गरिदिनुपर्ने होइन। उल्टो दुःख दिने ‘

एरिका गरुङले एसियाड अहिलेसम्मकै ठूलो सफलता दिलाएपछि नगदले पुरस्कृत गर्ने भनेर पैसा उठाएपनि अहिले सम्म नदिएकोमा पनि विप्लभले प्रश्न गरे। पैसा उठाएर त्यस्तो गर्न मिल्छ? दुई वर्ष हुन लागिसक्यो, त्यसको जवाफ दिन पर्दैन,’ उनले थपे।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.