3 hours ago
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मछिन्द्र एफसी केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ।
दशरथ रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा आयोजक केपी एफसीलाई ४-० को फराकिलो अन्तरमा हराउँदै मछिन्द्रले उपाधि नजिक पुगेको हो ।
मछिन्द्रले उपाधिको लागि सोमवार त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नेछ। मछिन्द्रको जितमा स्टेफेन जमाहा जालीले २ तथा मनिष डाँगी र रोशन रानाले समान १ गोल गरे।
खेलमा मछिन्द्रले दबाब बनायो। ३८औं मिनेटमा मनिष को गोलमा पहिलो हाफमा मछिन्द्रले १-० को अग्रता बनायो।
केपी एफसी दोस्रो हाफमा झनै निरिह बन्यो। एकपक्षीय बनेको दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा रोशनले गोल गर्दै अग्रता दुगुना गरे।
यसपछि ८६औं मिनेटमा स्टेफनले पेनाल्टी मार्फत गोल गरे। खेल सकिन१ मिनेट बाँकी रहँदा स्टेफनले व्यक्तिगत दोस्रो गोल गरे।
हिजो भएको सेमिफाइनलमा संकटा क्लबलाई २–१ ले हराउँदै आर्मी फाइनलमा पुगेको थियो।
नेपाल युवा संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १ सय ११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
March 1, 2025
ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो । दुई दिनमा १२ वटा स्वर्ण पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन शुक्रवार नेपाल पुलिस क्लबले दबदबा कायम गरेको छ । ४ वटा काता र एउटा कुमुतेमा गरी भएको कुल ५ स्वर्णको छिनोफानो हुँदा पुलिसले ४ स्वर्ण पदक हात पार्यो। सातदोबाटोस्थित कराते एकेडेमीमा भएको पुरुष एकल कातामा पुलिसका सोनिम मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको आयोजक नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुर लगनखेल जनाएको छ। सातदोबाटो स्थित नेपाल कराते एकेडेमीमा शुक्रवार सुरु हुने प्रतियोगिता तीन दिनसम्म सन्चालन हुनेछ ।प्रतियोगितामा महिला र पुरुषमा गरि १७ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सात वटै प्रदेशका र ३ विभागीय (सेना, […]