2 days ago
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ के वान युथ लिग खेल्ने भएकी छिन्। एरिकासहितको टोली लिगका लागि मंगलवार दुबई प्रस्थान गरेको छ ।
एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै बिदाइ गरे ।
प्रशिक्षकमा अमिर राना तथा अफिसियलमा सविना श्रेष्ठ रहेका छन् । फागुन ८ देखि ११ गतेसम्म हुने प्रतियोगितामा ८७ राष्ट्रका २ हजार ३ सय ८२ खेलाडीको सहभागिता रहने बताइएको छ ।
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ बिहीवार के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो भएकी उनीसँगै गएकी अफिसियल सविना श्रेष्ठले जानकारी दिइन् । एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन्। त्यसअघि पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेका राष्ट्रिय खेलाडी विपिनराज सिंह दर्जी लाई लिटिल एन्जल्स स्कुलका खेल प्रशिक्षक र शिक्षकहरुबाट संकलित १ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ। लिटिल एन्जल्सका प्रिन्सिपल मुकुन्दराज शर्माले रकम गरे। सोही स्कुलमा सानै देखि अध्ययन र कराते सिकेका विद्यार्थी विपिन केहि समय अगाडी पेट सम्बन्धि गम्भिर रोग पेनक्रियाटाइटिस बाट ग्रसित भई लामो समय सम्म […]