1 month ago
February 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेका राष्ट्रिय खेलाडी विपिनराज सिंह दर्जी लाई लिटिल एन्जल्स स्कुलका खेल प्रशिक्षक र शिक्षकहरुबाट संकलित १ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ। लिटिल एन्जल्सका प्रिन्सिपल मुकुन्दराज शर्माले रकम गरे।
सोही स्कुलमा सानै देखि अध्ययन र कराते सिकेका विद्यार्थी विपिन केहि समय अगाडी पेट सम्बन्धि गम्भिर रोग पेनक्रियाटाइटिस बाट ग्रसित भई लामो समय सम्म पाटन अस्पताल भर्ना भएका थिए।
आठौं र नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता रहेका विपिन हाल पनि उपचार कै क्रममा रहेका छन्। उनलाई राष्ट्रिय खेलकुद परिषदको कल्याणकारी कोषबाट पनि आर्थिक सहयोग गरेको थियो।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्याशित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्। नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर विदेश जाने तयारी गरिरहेको विप्लभले बताए। ‘हवीका रुपमा मैले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।