4 months ago
January 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाइड एन्ड सिक किन्डर गार्टेनले ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता उसुका आङबाबु लामालाई सम्मान गरेको छ ।
वनस्थलीको ढुंगेधारास्थित किन्डर गार्टेनले शुक्रवार आफ्नो १२औं वार्षिकोत्सवका अवसरमा सागका स्वर्णविजेता उसुका पूर्वखेलाडी तथा प्रशिक्षक लामालाई सम्मान गरेको हो ।
किन्डर गार्टेनकी निर्देशक इन्दिरा गौतम र संस्थापक प्रिन्सिपल कुमुद भट्टले सागका स्वर्णविजेता लामालाई सम्मान गरेका हुन् । किन्डर गार्टेनका खेलकुद प्रशिक्षक लामाले नेपाली खेलकुदमा उसु खेलबाट निरन्तर योगदान पु¥याउँदै आएकाले सम्मान गरेको बताए ।
किन्डर गार्डेनले प्रत्येक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नाम चलेका एक जना खेलाडीलाई सम्मान गर्ने गरेको पनि विद्यालयका खेलकुद प्रशिक्षक लामाले जानकारी दिए ।
लामाले सन् २०१० मा बाङ्लादेशको ढाकामा सम्पन्न ११औं सागमा नेपाललाई उसुको थाउलो विधामा स्वर्ण पदक दिलाएका हुन् । उनले सन् २००८ मा बाङ्लादेशकै ढाकामा सम्पन्न तेस्रो दक्षिण एसियाली उसु च्याम्पियनसिपमा पनि समान एक स्वर्ण र रजत पदक जितेका थिए ।
लामाले सन् २००७ मा नै चीनको बेइजिङमा भएको नवौं विश्व उसु च्याम्पियनसिप, २०१० मा चीनको ग्वाङ्झाउमा भएको १६औं एसियाली खेलकुद र टर्कीमा २०११ मा सम्पन्न ११औं विश्व उसु च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेका थिए ।
May 4, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतवार स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कूल ६.२३ अंक जोडे । दश दिनमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो । […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]