2 months ago
December 27, 2024
मेलम्ची (हाम्रो खेलकुद)– नेपाल गोजु–रियो कराते–दो सघं शाखा डोजो मेलम्चीको आयोजनामा अर्को महिना राष्ट्रिय खुला कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ ४ र ५ गते मेलम्चीमा हुनेछ ।
खेलकुद माध्यमबाट मेलम्ची नगरपालिकालाई र युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता आयोजक समितिका संयोजक एवम् नेपाल गोजु–रियो कराँते–दो सघंका केन्द्रिय सचिव सानुबाबु गिरीले बताए ।
प्रतियोगितामा ७ प्रदेशका झन्डै ३ सय ५० खेलाडीको सहभागिता रहने आशा गरिएको छ । ४० इभेन्टमा १ सय ६० पदकको लागि प्रतिस्पर्धा हुनेछ बताइएको छ ।
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]
March 1, 2025
ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो । दुई दिनमा १२ वटा स्वर्ण पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]