4 months ago
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ चापागाउँमा बिहीवार सुरु भएको छ ।
पहिलो दिन पुरुष ५५ केजीमुनि नेपाल क्योकुसिनका एलिस बम्जन, आर्मीका जनकबहादुर धामी, डन किक बक्सर्सका आशिक कोल्ह र आर्मीका प्रवीण माझी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
महिला ४५ केजीमुनि एपिएफकी रिना माझी, बुदो उसुकी सरु राई, टोखा सो क्योकुसिनकी अस्मिता दोङ तामाङ र आयोजककी करिष्मा कार्की सेमिफाइनलमा पुगेका छन् ।
त्यस्तै महिला ६० केजीमुनि एपिएफकी सुमित्रा नगरकोटी, आर्मीकी अप्सरा कुमाल, स्ट्रोङगेस्ट मुवाँथाईकी समनेह राज्वी र थुलुङ दुधकोशीकी मेसकुमारी कार्कीले सेमिफाइनल यात्रा तय गरेका छन् ।
प्रतियोगिताको पूर्व उप प्रधानमन्त्री पूर्णबहादुर खड्काले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा ३ विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लबका , एपिएफ तथा सातै प्रदेशका क्लबका १ सय ३ पुरुष र ४९ महिला गरी १ सय ५२ खेलाडीको सहभागिता रहेको छ ।
गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा रहेको प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा समावेश छन् ।
हरेक स्पर्धाको विजेताले ३०, दोस्रोले १५ तथा तेस्रो हुने दुई खेलाडीले समान ८ हजार रुपैयाँ पाउनेछन्।शीर्ष तीन हरेक स्वर्ण विजेताले अनरको मोबाइल प्राप्त गर्नेछन्।
प्रतियोगिताको च्याम्पियन टोलीले १ लाख, दोश्रोले ५० हजार र तेश्रो टोलीले २५ हजार रुपैयाँ पाउने छन् । उत्कृष्ट पुरुष/महिला खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्ट अस्ट्रेलियामा आयोजना हुने तेक्वान्दोका दुईवटा कार्यक्रममा भाग लिन शुक्रवार त्यसतर्फ प्रस्थान गरेका छन् । ओलम्पियन विष्ट सोमवार आयोजना हुने न्यु साउथ वेल्स राज्य अन्तर्राष्ट्रिय ओपनमा अतिथिका रुपमा सहभागी हुनेछन्। युथ ओलम्पियन राजन श्रेष्ठ, तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी आलोक राना र भिमसेन गौतमले स्थापना गरेको भिक्ट्री तेक्वान्दो एन्ड […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका अन्तर्राष्ट्रिय मास्टर राजु क्षेत्री विश्व तेक्वान्दो मुख्यालय (कुकिवन) को अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्षमा मनोनित भएका छन् । तेक्वान्दोको अन्तर्राष्ट्रिफ रेफ्रीका रुपमा सक्रिय रहदैं आएका क्षेत्री त्यहांसम्म पुग्ने पहिलो नेपाली हुन् । विश्व तेक्वान्दो मुख्यालय कुकिवनका अध्यक्ष डा लि दोङ सुप, विश्व तेक्वान्दोका पूर्व महासचिव मानसिक च्वई र कुकिवनका प्राविधिक समितिका अध्यक्ष क्वान […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा भाग लिन नेपालबाट गएका सबै ५ खेलाडीले पदक जितेका छन्। शनिवार करातेकी कीर्तिमानी खेलाडी एरिका गरुङले स्वर्ण र बाँकी सबै खेलाडीले कास्य पदक जितेको नेपाल कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिए । हिमालयन वारियर एरिकाले ६८ केजी माथि तौल समूहमा विजेता बनेकी हुन् । महिला ६१ केजी […]