4 months ago
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- रेहान जाभेद र प्रोसिया चौधरीले सिंगापुरमा जारी एसियन प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले पहिलो कांस्य पदक दिलाएका छन् ।
च्याम्पियन्सिपमा शुक्रवार रेहानले १४-१५ वर्ष उमेर समूहमा कांस्य पदक जितेको टोलीका प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिए।
प्रिक्वार्टफाइनलमा युएईका सुदन एनके र क्वार्टरफाइनलमा श्रीलंकाका यास जेतीलाई हराएका रेहान सेमिफाइनलमा जापानका कान्ता फुकीसँग पराजित भएका हुन् ।
प्रोसियाले महिला १६-१७ बर्षको समूह कास्य पदक जितेकी हुन्। श्रीलंकाकी खेलाडीलाई हराएर अघि बढेकी प्रोसिया काजकिस्तानकी खेलाडीसँग पराजित भएकी थिइन्।
२८ देशका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा शनिवार सिनियर समूहको खेल हुनेछन् ।च्याम्पियनसिपमा १२ नेपाली खेलाडीले भाग लिइरहेका छन् ।
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्ट अस्ट्रेलियामा आयोजना हुने तेक्वान्दोका दुईवटा कार्यक्रममा भाग लिन शुक्रवार त्यसतर्फ प्रस्थान गरेका छन् । ओलम्पियन विष्ट सोमवार आयोजना हुने न्यु साउथ वेल्स राज्य अन्तर्राष्ट्रिय ओपनमा अतिथिका रुपमा सहभागी हुनेछन्। युथ ओलम्पियन राजन श्रेष्ठ, तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी आलोक राना र भिमसेन गौतमले स्थापना गरेको भिक्ट्री तेक्वान्दो एन्ड […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका अन्तर्राष्ट्रिय मास्टर राजु क्षेत्री विश्व तेक्वान्दो मुख्यालय (कुकिवन) को अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्षमा मनोनित भएका छन् । तेक्वान्दोको अन्तर्राष्ट्रिफ रेफ्रीका रुपमा सक्रिय रहदैं आएका क्षेत्री त्यहांसम्म पुग्ने पहिलो नेपाली हुन् । विश्व तेक्वान्दो मुख्यालय कुकिवनका अध्यक्ष डा लि दोङ सुप, विश्व तेक्वान्दोका पूर्व महासचिव मानसिक च्वई र कुकिवनका प्राविधिक समितिका अध्यक्ष क्वान […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा भाग लिन नेपालबाट गएका सबै ५ खेलाडीले पदक जितेका छन्। शनिवार करातेकी कीर्तिमानी खेलाडी एरिका गरुङले स्वर्ण र बाँकी सबै खेलाडीले कास्य पदक जितेको नेपाल कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिए । हिमालयन वारियर एरिकाले ६८ केजी माथि तौल समूहमा विजेता बनेकी हुन् । महिला ६१ केजी […]