default_image

4 months ago

November 25, 2024

महर्जनसहित ४ जना बागमती प्रदेश खेलकुद परिषद्को सदस्य नियुक्त

1074 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्‌को सदस्यमा ४ जनालाई नियुक्त गरेको छ ।

प्रदेश सरकारको सोमवार बसेको मन्त्रिपरिषद बैठकले २ महिला सहित ४ जनालाई परिषद्‌को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार परिषद्को सदस्यमा आठौं दक्षिण एसियाली खेलकुद (साग) मा करातेका स्वर्ण पदक विजेता ललितपुरका रवि महर्जन, मकवानपुरका सङ्गीत श्रेष्ठ, चितवनकी नबिना खनिया र रामेछापकी कल्पना खड्कालाई नियुक्त गरेको हो । महर्जन नेपाल कराते महासंघका केन्द्रिय सदस्य पनि हुन् ।

परिषदका एक सदस्यको कार्यावधि बाँकी रहेकाले अहिले ४ जनालाई सदस्य नियुक्त गरेको जनाइएको छ।
सामाजिक विकास मन्त्रालयको सिफारिस तथा युवा तथा खेलकुद मन्त्रालयको सहमतिमा सदस्यहरुको नियुक्ति प्रक्रिया अघि बढाइएको बताइएको छ ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.