default_image

4 months ago

November 11, 2024

याङटेनले स्वर्ण पदक जिते

632 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- याङटेन लामाले अमेरिकाको न्यूयोर्कमा भएको युएसए अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिपमा स्वर्ण पदक‌ जितेको छन् ।

याङटेन ले १०-११ वर्ष उमेर समूहको‌ कुमुतेमा स्वर्ण पदक जितेको च्याम्पियन मार्सल आर्ट्सका अध्यक्ष सुनिल लामाले जानकारी दिए । याङटेन च्याम्पियन मार्सल आर्ट्समा प्रशिक्षण गर्दै आएका छन् ।

११ औं‌ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता लामा र अन्यले न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्समा प्रशिक्षण दिदै आएका छन् ।

च्याम्पियनले नेपालमा पनि कराते लगायत अन्य मार्सल आर्ट्सका खेलको प्रशिक्षण दिदै आएको छ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.