default_image

4 months ago

October 29, 2024

बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण

588 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुप शेर्पाले आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा मंगलबार स्वर्ण पदक जितेका छन् । स्वस्तिका र नोर्बु दुवैले ब्राजिलका खेलाडीलाई फाइनलमा पराजित गरे ।

बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ४-१ ले पराजित गरिन् ।

सेमिफाइनलमा स्वस्तिकाले ब्राजिलकै बारोस फरेरा मार्सेलो डिलाई ५–० ले हराउँदै फाइनलमा पुगेकी थिइन् ।

समग्रमा ३ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी स्वस्तिकाको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो । स्वस्तिकाले सन् २०२१ मा दुबइमा भएको एसियाली जुनियर बक्सिङ प्रतियोगितामा कांस्य पदक जितेकी थिइन् ।

ठमेलस्थित एभरेष्ट माविबाट प्लस टु उत्तीर्ण गरेकी सुदूरपश्चिमको कञ्चन्पुर निवासी स्वस्तिकाले जोर्डनमा भएको एएसबीसी युथ तथा जुनियर बक्सिङमा पनि सहभागिता जनाएकी थिइन् ।

२०२१ बाट बक्सिङ खेल्ने थालेकी स्वस्तिकाले २ वर्षअघि भएको खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । बक्सिङमा नेपालबाट सहभागी स्वस्तिका एक्लो महिला खेलाडी हुन् ।

जितपछि स्वस्तिकाले पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जितेकोमा खुशी व्यक्त गर्दै यो अवसर प्रदान गर्ने नेपाल बक्सिङ संघ र प्रशिक्षक दीपक महर्जनलाई धन्यवाद दिइन् ।

पुरुष ८० केजीमुनि युथमा नोर्बुले फाइनलमा ब्राजिलका रेजेन्डा अक्युलेस वालिफरलाई ३–२ ले हराए । सेमिफाइनलमा उनले बहराइनका अनास अल जलाकीलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।

नोर्बुको भने यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो । उनको दोश्रो अन्तर्राष्ट्रिय सहभागिता हो । लोयल्टी एकेडेमीमा कक्षा १२ मा अध्ययनरत नोर्बुले करिब १ वर्षअघि अर्मेनियामा भएको जुनियर विश्व बक्सिङ च्याम्पियनसिपमा भाग लिएका थिए ।

५ खेलाडीले सहभागिता जनाएकोमा स्वस्तिका र नोर्बुसहित नेपालका ४ खेलाडीले पदक जिते । नेपालले समान २ स्वर्ण र २ कांस्य पदक जित्यो । पुरुष ४६ केजीमुनि रोहित जनाला तथा पुरुष ८० केजीमुनि सूर्यान वैद्यले कांस्य हात पारे । युनिक राई मात्र पदकविहीन बने । उनले पुरुष ६३ केजीमुनि प्रतिस्पर्धा गरेका थिए ।

इभाना र वियंका दोश्रो चरणमा
आईएसएफ जिम्नासाइड समर गेम्सअन्तर्गत टेबलटेनिसको महिला सिंगल्समा नेपालका इभाना थापा र वियंका राई समूह चरण पार गर्दै मंगलबार दोश्रो चरणमा प्रवेश गरेका छन् ।

बहराइन नेसनल स्टेडियमको इसा स्पोर्ट्स सिटीमा भएको ग्रुप ‘४’ को खेलमा इभानासहित ४ खेलाडी थिए । इभानाले २ खेलमा जित र १ मा हार व्यहोरिन् । चीनसंग ३–१ ले पराजित भएकी इभानाले इङल्यान्ड र साउदी अरबियाका खेलाडीलाई समान ३–० को नतिजामा हराइन् । दोश्रो चरणमा इभानाले ब्राजिलकी खेलाडीसंग खेल्ने छिन् ।

वियंका रहेको ग्रुप ‘वान’ पनि उनीसहित ४ खेलाडी थिए । चाइनिज ताइपेईंकी खेलाडीले वियंकालाई ३–० ले पन्छाइन् । वियंकाले अजरवैजान र युगान्डाका खेलाडीमाथि जित रचिन् । दुवै खेलको नतिजा समान ३–० ले वियंकाको पक्षमा रह्यो । दोश्रो चरणमा वियंकाले अजरवैजानकी खेलाडीको सामना गर्ने छिन् ।

नेपालका बाँकी ४ खेलाडीको भने चुनौती समाप्त भइसकेको छ । सिंगल्सको महिलामा माल्सा नेपाल र विद्विसा मैनाली तथा पुरुषमा जेविश बुर्लाकोटी र आशिष महता समूह चरणबाटै बाहिरिए ।

ब्याडमिन्टनको पुरुष सिंगल्समा नेपालका कविर केसी पनि प्रतियोयगताबाट बारिएका छन् । दोश्रो चरणमा ब्राजिलका सौजाले कविरलाई २–० को सोझो सेटमा पाखा लगाए । पहिलो चरणमा कविरले भारतका कायाउ तेत्लाई २१–१ र २१–४ को सोझो सेटमा सहजै पन्छाएका थिए ।

तेक्वान्दोमा नेपालका राजन तामाङ पनि पहिलो चरणमै पराजित भए । पुरुष ५५ केजीमुनि साउदी अरबियाका मोहम्मद अल्खातानीले राजनलाई हराए ।

बास्केटबलको पुरुष थ्री बाइ थ्रीमा पनि नेपाल समूह चरणमै रोकिएको छ । नेपालबाट १५ खेलाडीको चार टिम बास्केटबलमा सहभागी भएको  थियो । आईएसएफ जिम्नासाइड बुधबार सम्पन्न हुनेछ ।
 

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

March 1, 2025

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते- दोस्रो दिन पुलिसलाई ६ स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो ।‌ दुई दिनमा १२ वटा स्वर्ण‌ पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]

Success

Thank you for your time.