default_image

6 months ago

October 6, 2024

मण्डेकाजी स्पोर्टस् पर्सनालिटी अवार्डबाट सम्मानित

597 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय कराते टोलीका प्रशिक्षक मण्डेकाजी श्रेष्ठ ‘स्पोर्टस् पर्सनालिटी अफ दि इयर’बाट सम्मानित भएका छन् ।

राजधानीमा आइतवार आयोजित ‘एचिभर्स अवार्ड २०२४’ कार्यक्रममा खेलकुदतर्फ मण्डेकाजी सम्मानित भएका हुन् ।

सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा भएको अवार्डमा १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता खेलाडी मण्डेकाजीलाई सम्मान गरेको हो ।

सन् २०१९ मा नेपालमा आयोजना भएको १३ औं सागमा उनले एकल र टिम कातामा स्वर्ण पदक जितेका थिए। अहिले उनी राष्ट्रिय टोलीका काता प्रशिक्षक हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले सम्मान गरेका थिए।

कार्यक्रममा खेलकुद विधासँगै वर्ष कलाकार, वर्ष बैंकर, वर्ष चिकित्सकजस्ता विधामा पनि अवार्ड प्रदान गरिएको थियो ।

April 11, 2025

ओलम्पियन विष्ट अस्ट्रेलिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्ट अस्ट्रेलियामा आयोजना हुने तेक्वान्दोका दुईवटा कार्यक्रममा भाग लिन शुक्रवार त्यसतर्फ प्रस्थान गरेका छन् । ओलम्पियन विष्ट सोमवार आयोजना हुने न्यु साउथ वेल्स राज्य अन्तर्राष्ट्रिय ओपनमा अतिथिका रुपमा सहभागी हुनेछन्‌। युथ ओलम्पियन राजन श्रेष्ठ, तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी आलोक राना र भिमसेन गौतमले स्थापना गरेको भिक्ट्री तेक्वान्दो एन्ड […]

April 11, 2025

क्षेत्री कुकिवन अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका अन्तर्राष्ट्रिय मास्टर राजु क्षेत्री विश्व तेक्वान्दो मुख्यालय (कुकिवन) को अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्षमा मनोनित भएका छन् । तेक्वान्दोको अन्तर्राष्ट्रिफ रेफ्रीका रुपमा सक्रिय रहदैं आएका क्षेत्री त्यहांसम्म पुग्ने पहिलो नेपाली हुन् । विश्व तेक्वान्दो मुख्यालय कुकिवनका अध्यक्ष डा लि दोङ सुप, विश्व तेक्वान्दोका पूर्व महासचिव मानसिक च्वई र कुकिवनका प्राविधिक समितिका अध्यक्ष क्वान […]

April 5, 2025

अस्ट्रेलियन ओपन कराते – नेपाली सबैले पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा भाग लिन नेपालबाट गएका सबै ५ खेलाडीले पदक‌ जितेका छन्। शनिवार करातेकी कीर्तिमानी खेलाडी एरिका गरुङले स्वर्ण र बाँकी सबै खेलाडीले कास्य पदक जितेको नेपाल कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिए । हिमालयन वारियर एरिकाले ६८ केजी माथि तौल समूहमा विजेता बनेकी हुन् । महिला ६१ केजी […]

Success

Thank you for your time.