7 months ago
September 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- स्टार कराते खेलाडी एरिका गुरूङले २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदकबाट चुकेकी छिन्।
चीनमा आज सम्पन्न ६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनले एरिकालाई ६-० ले स्तब्ध बनाउँदै स्वर्ण जितिन्। यो हारमा नेपाली करातेलाई एसियाली स्तरमा पहिलो स्वर्ण दिलाउने सुनौलो मौका एरिकाले गुमाएकी छिन्।
उनले प्राप्त गरेको रजत ऐतिहासिक हो। एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो। अहिलेसम्म कुनेपनि नेपाली खेलाडीले यो च्याम्पियनसिपमा पदक जिन सकेको छैन।
च्याम्यपियनसिपमा यसअघि शुक्रबार लगातार तीन बाउट जितेर एरिकाले फाइनलको यात्रा तय गरेकी थिइन्। उनले प्री क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४-० ले, क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभा र सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई सहजै ८-० ले हराउँदै फाइनलमा स्थान बनाउँदै कम्तीमा रजत पकमका गरेकी थिइन्।
गत वर्ष चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) मा एरिकाले एतिहासिक रजत पदक जितेकी थिइन्। एसियाडमा करातेमा रजत पदक जित्ने पनि उनी पहिलो नेपाली हुन्।
May 4, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतवार स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कूल ६.२३ अंक जोडे । दश दिनमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो । […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]