8 months ago
September 20, 2024
प्रकाश तिमल्सिना,काठमाडौं
करातेकी एरिका गुरुङले खेल जीवनमा अर्को इतिहास रचेकी छिन् ।
गत वर्ष १९ औं एसियाली खेलकुदमा रजत जितेकी एरिका शुक्रवार २० औं एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगेकी छिन् । उनले कम्तीमा रजत पदक पक्का गरेकी छिन् ।
नेपाली खेलाडी एसियन च्याम्पियनसिपको फाइनलमा पुगेको इतिहास नै यो पहिलो पटक हो । एरिकाले प्री क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४-० ले हराइन् ।
गत वर्ष एसियाडको फाइनलमा काजकिस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित एरिकाले यसपटक सोही खेलाडीलाई क्वाटरफाइनलमा हराएकी थिइन् । निर्धारित समयको खेल १- १ एकको बराबरीमा सकिएपछि रेफ्रीको निर्णयमा एरिकाले सोफयालाई माथ दिइन्।
एरिकाले १९ औं एसियाड पदक जितेको महिला ६८ केजीमाथि तौलसमूहमा आजै भएको सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिन विरुद्ध ८-० जित निकाल्दै एरिका फाइनल पुगेकी हुन् ।
गत वर्ष चीनमा एसियाड भएको हलमा नै अहिले आज एसियन च्याम्पियनसिप सुरु भएको हो। एरिकाले आइतवार फाइनल खेल्ने टोलीका काता प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिए।
कुमुतेमा एक जना खेलाडीको खेल बाँकी रहेको छ । अन्य सबै खेलाडीले सफलता हात पार्न सकेनन्। काताको प्रतिस्पर्धा शनिवार हुनेछ।
May 4, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतवार स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कूल ६.२३ अंक जोडे । दश दिनमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो । […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]