default_image

3 days ago

September 15, 2024

पलेशासहित तेक्वान्दोकर्मी सम्मानित

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ज्यापु समाज यलले पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।

सोही अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामा र तेक्वान्दो प्रशिक्षक रिमोन महर्जनलाई पनि सम्मान गरिएको थियो । प्रशिक्षकका रुपमा लामाले अन्तर्राष्ट्रिय पारा तेक्वान्दोमा नेपाललाई विभिन्न ११ पदक दिलाएका छन् । अन्तर्राष्ट्रिय लेभल– १ प्रशिक्षक महर्जनले खेलाडीका रुपमा विभिन्न प्रतियोगितामा ५ स्वर्ण जितेका छन् ।

उनीहरुलाई समाजको ३१ औं वार्षिक साधारण सभा तथा ११ औं महाधिवेशनको अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा पत्रसहित सम्मान गरे ।

September 18, 2024

पलेशालाई काठमाडौं तेक्वान्दोसहित ३ संस्थाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधवार नगदसहित सम्मान गरेको छ । पलेशालाई १ लाख ३८ हजार रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् । पलेशाका पप्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार रुपैयाँ तथा पेरिस पारालिम्पिकमै सहभागी […]

September 16, 2024

एसियन कराते च्याम्पियनसिप – नेपाली टोली चीन जाने

काठमाडौं (हाम्रो खेलकुद)- चीनको हाङझाव एसियाली क्षेत्रको करातेको सबै भन्दा ठूलो प्रतियोगिता एसियाली सिनियर करातेको २० औं संस्करणमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। असोज ४ देखि ६ गतेसम्म हुने च्याम्पियनसिपमाएसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गुरुङसहित ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलवार हाङझाव प्रस्थान गर्नेछ […]

September 15, 2024

ओलम्पियन विष्ट अभिनन्दित

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रपति रामचन्द्र पौडेलबाट ओलम्पियन दीपक विष्टलाई अभिनन्दित भएका छन् । सांस्कृतिक समाज नेपालद्वारा शनिवार काठमाडौंमा आयोजित स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सव २०८१ मा राष्ट्रपति पौडेलले ओलम्पियन विष्टलाई अभिनन्दन गरेका हुन्। ४ पटकका दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका तेक्वान्दो खेलाडी विष्टले एसियाली खेलकुदमा दुई कास्य पदक प्राप्त गरेका छन्। […]

Success

Thank you for your time.