default_image

6 months ago

September 15, 2024

ओलम्पियन विष्ट अभिनन्दित

702 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रपति रामचन्द्र पौडेलबाट ओलम्पियन दीपक विष्टलाई अभिनन्दित भएका छन् ।

सांस्कृतिक समाज नेपालद्वारा शनिवार काठमाडौंमा आयोजित स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सव २०८१ मा राष्ट्रपति पौडेलले ओलम्पियन विष्टलाई अभिनन्दन गरेका हुन्।

४ पटकका दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका तेक्वान्दो खेलाडी विष्टले एसियाली खेलकुदमा दुई कास्य पदक प्राप्त गरेका छन्। छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दोस्रो नेपाली कैलालीकस विष्ट नेपाल ओलम्पियन एसोसिएसनका अध्यक्ष हुन्।

उनीसँगै कलाकार विराज भट्ट लगायत काली-कर्णालीको भाषा, संस्कृति, कला, खेलकुद, साहित्यमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको हो।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.