default_image

6 months ago

September 15, 2024

पोखरामा पलेशा नगदसहित सम्मानित

579 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिकमा नेपालका लागि ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धन पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ।

पोखरा रगंशालामा आइतवार कार्यक्रमको आयोजना गर्दै पोखरा महानगरले पलेशालाई २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित सम्मान गरेको हो।

महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र लामालाई सम्मान गरेको हो।
त्यस्तै गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले पलेशालाई १ लाख ५० हजार रुपैँयाले सम्मान गरेको हो।

पलेशा र लामालाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतले सम्मान गरेका हुन्।

कास्की जिल्ला तेक्वान्दो संघले पलेशालाई ५१ हजार र
प्रशिक्षक लामालाई भने १० हजार ५५ रुपैयाँले सम्मान गरेको छ।

गण्डकी प्रदेश तेक्वान्दो संघको संयोजन तथा कास्की जिल्ला तेक्वान्दो संघको सहयोगमा पलेशा र प्रशिक्षक लामालाई सम्मान गरेको हो।

यसै महिना भएको पेरिस पारालिम्पिक्समा पलेशाले पारा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन्।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.