6 months ago
September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कम्ब्याट तेक्वान्दो नेपालको संयोजकमा एकनाथ थापा चयन भएका छन् ।
कम्ब्याट तेक्वान्दोका संस्थापक अध्यक्ष रिक शिनले थापालाई संघको नेपाल संयोजकको जिम्मेवारी दिएको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
सन् २०२३ मा अमेरिकामा स्थापना भएको यो तेक्वान्दो हाल १ सय १० भन्दा बढी देशमा विस्तार भएको अमेरिका कम्ब्याट तेक्वान्दोका अध्यक्ष समेत रहेका रिक शिनले बताए ।
‘नेपालमा चाँडै नै कम्ब्याट तेक्वान्दो प्रतियोगिता आयोजना गदैछौं । यसले खेलमा व्यवसायिकता बढाउने छ ,’ उनले भने, ‘यो इभेन्ट विश्वप्रसिद्ध च्यानलहरुले प्रसारण गर्ने र त्यसले नेपालको पर्यटन विकासमा समेत सहयोग गर्नेछ ।’
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]