default_image

8 months ago

September 8, 2024

अपमानित महसुस भएपछि संगिना वैद्यले उप निर्देशकबाट राजीनामा दिइन्

2248 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगिना वैधले राष्ट्रिय खेलकुद परिषद (राखेप) को‌ तालिम तथा प्रशिक्षण विभागको‌ उप निर्देशक पदबाट राजीनामा दिएकी छन् ।

झन्डै २ वर्षअघि उप निर्देशक बनेकी वैद्यले निर्देशक पदमा भएको बढुवामा असन्तुष्टी‌ जनाउँदै आइतवार राखेप सदस्य सचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन् ।

तालिम तथा प्रशिक्षण विभागका तत्कालीन निर्देशक प्रचण्ड शर्माले भदौ १९ गते अनिवार्य अवकाश पाएपछि रिक्त रहेको पदमा कराते प्रशिक्षक सोभितराज प्रसाईंलाई सो‌ पदको जिम्मेवारी दिइएको थियो।

निर्देशकको पद रिक्त भएपछि उप‌ निर्देशकहरु मध्येबाट निर्देशक बनाउने परम्परा थियो । हाल उप निर्देशकमा वैद्य र अर्का ओलम्पियन विष्णुबहादुर सिंह छन् ।

‘यो परम्परा भन्दा फरक अभ्यास हो । उप निर्देशकबाट निर्देशक‌ बनाउनु जति स्वभाविक हुन्थ्यो त्यो भन्दा फरक अभ्यास भएको छ । यो चित्त बुझ्दो भएन,’ वैद्यले भनिन्, ‘यस्तोमा‌ काम गर्ने वातावरण भएन । अपमानित पनि महसुस भयो त्यसैले उप निर्देशक पदबाट राजीनामा दिएकी हुँ ।’

तालिम तथा प्रशिक्षण विभागमा अहिलेसम्म महिलालाई निर्देशकको‌ जिम्मेवारी दिइएको छैन । राखेपमा प्रसाईंको प्रवेश अघि भएपनि वैद्य पहिला अधिकृत भएकी थिइन्। यसका बाबजुद वैद्यलाई जिम्मेवारी दिइएन ।

वैद्य २०५२ भदौ ३० गते राखेपको सेवामा प्रवेश गरकी थिइन् भने २०६३ पुस २१ मा बढुवा भएकी थिइन् । प्रसाईको‌ बढुवा भने २०६४ पुस २७ मा भएको थियो । प्रसाईंको २०५० असोज ८ गते ३ महिनाको करारमा सहायक प्रशिक्षक राखेपमा नियुक्त भएका थिए।

ओलम्पिकमा छनोट हुने पहिलो नेपाली वैद्यले एसियन तेक्वान्दोमा स्वर्ण पदक जित्नुका साथै दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण पदक जितेकी थिइन् ।

-दिउँसो २:१५ बजे सम्पादित

May 4, 2025

अस्ट्रेलियामा अदिशले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतवार स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कूल ६.२३ अंक जोडे । दश दिनमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो । […]

April 27, 2025

एरिकासहित १२ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]

April 27, 2025

वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो- नेपाललाई २ स्वर्णसहित ११ पदक

काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]

Success

Thank you for your time.