8 months ago
August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघले उपप्रधान मन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनलाई शुक्रवार स्वागतसहित बधाई दिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको केन्द्रीय डोजोमा आयोजित कार्यक्रममा कराते महासंघका महासचिव दावा गुरुङले उनीहरुलाई बधाई दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
सो अवसरमा उप प्रधानमन्त्री सिंहले स्वस्थ र अनुशासित नागरिक तयार गर्न र अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई चिनाउन खेलकुद क्षेत्रको ठूलो भूमिका रहेको धारणा व्यक्त गरे ।
खेलकुद मन्त्री चौधरीले खेल क्षेत्रको विकासका लागि सबै मिलेर एकजुट हुनु पर्ने आवश्यकता औल्याए । बागमती प्रदेशका खेलकुद मन्त्री महर्जनले खेलकुदको महत्व बुझेरै खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेको बताउँदै बागमती प्रदेशमा खेलकुदलाई चलायमान बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सम्मानित सबैसंग खेलकुदको राम्रो अनुभव रहेको बताउदै उहाँहरुको कार्यकालमा खेलकुद क्षेत्र र खेलाडीमा नयाँ उर्जा सञ्चार हुने विश्वास व्यक्त गरे ।
कराते महासंघका महासचिव गुरुङले कुनैपनि क्षेत्रमा ‘राइट म्यान इन राइट प्लेस’ अवधारणा लागू गर्न सके मात्र त्यो क्षेत्रको अपेक्षित विकास सम्भव हुने धारणा व्यक्त गरे ।
करातेका नवनियुक्त मुख्य प्रशिक्षक दीपक श्रेष्ठले सातदोबाटोस्थित कराते हलमा होस्टेल बनाउने योजना रहेको बताउदै आकर्षक पुरस्कार राशीको टिम कुमुते प्रतियोगिता पनि आयोजना गर्ने जानकारी गराए ।
सोही अवसरमा चीनमा भएको १९ औं एसियाली खेलकुदकी ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङलाई नगदसहित सम्मान गरिएको थियो । राइट पाथ कन्सल्टेन्सी ग्रुप प्रा.लि. ले एरिकालाई १ लाख रुपैयाँसहित सम्मान ग¥यो ।
एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । एसियाली खेलकुदमा रजत पदक जित्ने एरिका पहिलो नेपाली कराते खेलाडी हुन्।
May 4, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतवार स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कूल ६.२३ अंक जोडे । दश दिनमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो । […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]