9 months ago
August 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सुस्मिता फाउण्डेशन र च्याम्पियन मार्सल आर्ट एकेडेमीले भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली (साफ) कराते च्याम्पियनसिपका स्वर्ण पदक विजेता मिनबहादुर तामाङलाई नगदसहित सम्मान गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शनिबार आयोजित कार्यक्रममा साफ करातेको ६० केजीका स्वर्ण पदक विजेता मिनलाई १ लाख १ रुपैयाँ हस्तान्तरण गर्दै सम्मान गरे।
सोही अवसरमा खेलाडी अनिल बराम , प्रशिक्षक हरु दीपक श्रेष्ठ , कुशल श्रेष्ठ , मन्देकाजी श्रेष्ठ , श्याम सुनुवार ,महेश महर्जन साथै फुटबल खेलाडी रिहान बुढालाई सम्मान गरियो ।
मुख्यमन्त्री लामाले खेल विकासमा सक्दो खालको कुनै पनि कार्यक्रम लाई आफुले सक्ने सहयोग गर्ने वचन दिए ।
सुस्मिता फाउण्डेशन का सिइओ सुस्मिता तामाङ र च्याम्पियन क्लब का एमडी सुशिला लामा ले यस प्रकार को खेलाडी तथा प्रशिक्षक सम्मान लाई निरन्तरता दिदै जाने बताइन् ।
कार्यक्रममा तार्केश्वर नगरपालिका मेयर कृष्ण हरि महर्जन , नेपाल कराते महासंघ का महासचिव दावा गुरुङ लगायतको उपस्थिति थियो।
May 4, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतवार स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कूल ६.२३ अंक जोडे । दश दिनमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो । […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]