9 months ago
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनसँग विभिन्न खेलका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीसँग आइतवार अन्तरक्रिया गरेका छन्।
कार्यक्रममा खेलक्षेत्र बुझेको व्यक्ति प्रदेशको खेलकुद मन्त्री नियुक्त भएकोमा बागमती प्रदेशको खेल गतिविधिमा सकारात्मक प्रभाव पर्ने आशा खेलाडीले राखेका छन् ।
नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) ३ स्वर्ण पदक जित्दै म्याराथनमा कीर्तिमान बनाएका वैकुण्ठ मानन्धर, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, सागका स्वर्ण पदक विजेता धिरेन्द्र प्रधान, उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, बक्सिङका प्रकाश थापामगर लगायत ओलम्पियन र खेलाडीको उपस्थिति थियो।
मन्त्री महर्जनले खेलाडीहरुलै सुझावका आधारमा आफूले काम गर्ने जनाउँदै छिट्टै कार्यदल गठन गर्ने बताएका छन् । उनले त्यसैका आधारमा प्रशिक्षक नियुक्त गर्ने आश्वासन दिएका छन् ।
प्रदेशका मन्त्रालयमा सबै भन्दा कम बजेट ७० करोड रूपैयाँ मात्र युवा तथा खेलकुद मन्त्रालयमा रहेको जानकारी दिदैं उनले थप बजेटका लागि आफूले पहल गर्ने बताए। उनले नवौं राष्ट्रिय खेलकुदमा बागमतीका लागि पदक जित्ने खेलाडीका लागि पूर्व घोषित पुरस्कार लागि आफूले पहल गर्ने बताए।
खेलाडीले विगतमा बागमती प्रदेशको खेलकुदमा राम्रो प्रभाव भएपनि अहिले कमजोर भएकोले प्रशिक्षक तयार पार्दै खेलाडी उत्पादन, भौतिक पूर्वाधार निर्माण, खेलाडीको भविष्य सुनिश्चित हुने गरि काम गर्न मन्त्री महर्जनलाई सुझाव दिए।
करातेका प्रशिक्षक रहिसकेका राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष महर्जन गत साता मन्त्री नियुक्त भएका थिए।
May 4, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतवार स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कूल ६.२३ अंक जोडे । दश दिनमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो । […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]