9 months ago
July 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिकमा नेपाली खेलाडीको खराब प्रदर्शनले निरन्तरता पाएको छ । जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो खेलमै पराजित भएकी छिन् ।
महिला ५७ केजीको सोमबार भएको खेलमा मनितालाई सर्बियाकी खेलाडी मारिसा पररिसिसले इप्पोनमा हराएकी हुन् ।मनिता १ मिनेट दुई सेकेन्ड मात्रै म्याटमा टिकिन ।
सागकी रजत विजेता र वल्ड च्याम्पियनशीपको अनुभव र थुप्रै एसियाली स्तरमा खेलिसकेकी मनिताले आज प्रभावशाली खेल प्रदर्शन गर्न सकिनन् । जुडोमा नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन फुपु लामु खत्रीको नाममा छ । उनी रियो ओलम्पिक्समा पुरै समय म्याटमा टिकेकी थिइनन ।
जारी ओलम्पिक्समा नेपालबाट पहिलो चरणबाट बाहिरिने मनिता चौथो खेलाडी हुन । यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल र पौडीका डुवाना लामा पनि पहिलो चरणबाट नै बाहिरिसकेका छन । आजै प्रीन्स दाहालले पनि समुह चरणको खेल खेल्दैछन् ।
पेरिस ओलम्पिकमा ६ खेलका ७ नेपाली खेलाडीले भाग लिएका छन्।
May 4, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतवार स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कूल ६.२३ अंक जोडे । दश दिनमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो । […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]