10 months ago
July 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली कराते टोली भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ।
३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरि कुल ६२ पदक सहित नेपाली टोली टिम च्याम्पियन बनेको हो ।
भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोश्रो,श्रीलंका ५ स्वर्ण १८ रजत र ३१ कास्य सहित तेेस्रो भएको छ। आयोजक भुटान ले ५ रजत र ३७ कास्य पदक सहित चौथो भयो ।
प्रतियोगिताको अन्तिम दिन शुक्रबार नेपालका लागि पुरुष क्याडेट तर्फ ५२ केजी मुनी समन श्रेष्ठ, ६३ केजी मुनी साहिल राई,जुनियर तर्फ ६८ केजी मुनीमा निशान तामाङ्ग, यु-२१,८४ केजी मुनी गौरव नेपाल, ८४ केजी माथि आशिष श्रेष्ठ, पुरुष कै सिनियर तर्फ ५५ केजी मुनी एलोन श्रेष्ठ, ६७ केजी मुनी सन्तोष श्रेष्ठ, ८४ केजी मुनी मोहम्मद सेखु आलम र ८४ केजी माथि विप्लभ लाल श्रेष्ठले स्वर्ण पदक दिलाए ।
त्यस्तै महिला तर्फ क्याडेटको ४२ केजी मुनी वर्षा राई,४७ केजी मुनी प्रोसिया चौधरी, ६१ केजी मुनी मनिषा कुमारी बोहरा, महिला तर्फकै जुनियर ४२ केजी मुनी सुस्मिता वाईवा, ५३ केजी मुनी समिक्षा ढुङ्गाना,यु–२१ को ४५ केजी मुनी प्रियंका शाही,५० केजी मुनी अन्जली महर्जन, र ५५ केजी मुनी जिया कार्कीले स्वर्ण पदक जितिन् ।
त्यसैगरि महिला सिनियर तर्फ ४५ केजी माथि वर्षा बुढा मगर, ६१ केजी मुनी निरुपा तामाङग र ६८ केजीमाथि १९ ओै एसियाडकी रजत पदक विजेता एरिका गुरुङ्ग ले नेपाल लाई स्वर्ण पदक जितिन्।
त्यसैगरि महिला टिम कुमितेमा नेपालले पहिलो स्थान हासिल गर्यो । पुरुष टिम कुमितेमा नेपाल दोस्रो भयो ।
विजेता खेलाडी तथा टिमलाई भुटानका राजकुमार जिगेल उग्येन वाङचुक,नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ,दक्षिण एसियाली कराते महासंघका अध्यक्ष भरत शर्मा,नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा,भुटान कराते महासंघका अध्यक्ष दावा ल्हाम,नेपाल कराते महासंघका महासचिव दावा गुरुङ्ग लगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगिता नेपाल, भुटान, भारत र श्रीलंका खेलाडीको सहभागिता थियो। गत वर्ष काठमाडौंमा भएको सातौं संस्करणमा पनि नेपाली टोली टिम च्याम्पियन बनेको थियो।
May 4, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतवार स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कूल ६.२३ अंक जोडे । दश दिनमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो । […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]