default_image

8 months ago

July 15, 2024

७० नेपाली कराते खेलाडीले भुटानमा चुनौती पेश गर्ने

1222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली कराते च्याम्पियनसिपको आठौं संस्करणमा सहभागी हुन नेपाली कराते टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ ।

साउन २ देखि ४ गतेसम्म हुने प्रतियोगितामा ७० नेपाली कराते खेलाडीले चुनौती प्रस्तुत गर्ने नेपाल कराते महासंघले जनाएको छ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं कराते महासंघका अध्यक्ष युवराज लामा, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, कराते महासंघका महासचिव दावा गुरुङलगायतले सोमबारै त्रिपुरेश्वरस्थित राखेपको सेमि कभर्डहलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

गत वर्ष नेपालमा भएको सातौं संस्करणको प्रतियोगितामा नेपाल ३० स्वर्ण, २४ रजत र ७ कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको थियो ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.