8 months ago
July 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन मार्सल आर्टसले आठौं क्याडेट, जुनियर, यु २१ तथा दक्षिण एसियाली कराते च्याम्पियनसिपमा छनोट भएका आफ्ना खेलाडी अनिल बरमलाई नगदसहित सम्मान गरेको छ।
च्याम्पियनसिप भुटानको राजधानी थिम्पुमा जुलाई १३ देखि २० सम्म सन्चालन हुँदैछ ।अनिल यु २१ को ६७ केजी मुनीको तौल समूहका लागि छनोट भएका हुन् ।
च्याम्पियन मार्सल आर्टसका सन्चालक सुनिल लामाले उपलब्ध गराएको ३५ हजार रुपैयाँ बराबरको कराते गि सहित अनिललाई सम्मान गरिएको बताइएको छ ।
च्याम्पियन मार्सल आर्टसकी निर्देशक सुशिला लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नार्गाजुन नगरपालिका वडा नं १ का अध्यक्ष रामेश्वर लामाले उनलाई सम्मान गरेका थिए।
सोही अवसरमा मार्सल आर्टसमा प्रशिक्षण गरिरहेका विभिन्न बेल्ट समूहका ८० खेलाडीको बेल्ट टेस्ट गरिएको थियो।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]